महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रमा चार दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध छ। टेलिफोन, इन्टरनेटलगायत सेवा अवरुद्ध भएको छ। टेलिकमको जिएसएम मोबाइलमा नेटवर्क नहुँदा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने समस्या छ ।
टेलिकम महेन्द्रनगर शाखाका प्रमुख प्रितम भट्टलेअप्टिकल फाइबरमा ब्रेक हुँदा सेवा सञ्चालनमा अवरोध आएको जानकारी दिए । सेवा सञ्चान नहुँदा सेवाग्राही समस्यामा परेका छन्। टेलिकम अत्तरिया शाखाका वरिष्ठ इञ्जििनयर प्रकाश भट्टले अप्टिकल ब्रेक भएका ठाउँमा मर्मत चलिरहेको बताए ।
अम्मरपुर–कलुवापुर खानेपानी उपभोक्ता समिति र झलारीमा सहरी विकास आयोजनाले निर्माण गरिरहेको सडकमा अप्टिकल फाइबर धेरै ठाउँमा काटिदिँदा सेवा अवरुद्ध भएको बताइएको छ ।
अन्धाधुन्धरूपमा डोजर प्रयोग गर्ने उपभोक्ता समिति र ठेकेदारलाई कानुनी कारबाही गर्न सेवाग्राहीले माग गरेका छन्। टेलिकम महेन्द्रनगर शाखाका प्रमुख भट्टले टेलिकमको लाइन काट्नेलाई कानुनी कारबाहीका लागि पत्राचार गर्ने जानकारी दिए ।