ghar sansar

समन्वय समिति प्रमुख बोहरा भन्छन्– अब मलेसियनलाई रोजगरीका लागि नेपाल ल्याउने शिक्षा नीति बनाउनु पर्छ

khasi

महेन्द्रनगर । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले विदेशीले रोजगारीका लागि नेपाल आउने गरी शिक्षा नीति बनाउनु पर्ने बताएका छन् । सार्क एजुकेसन फाउन्डेसनको सझमदारी पत्रमा हस्ताक्षर कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘मलेसियासित हामी परिचित छौ, मेरो घर टोलका सबै मलेसिया पुगेका छन्, रोजगारीका लागि त्यहाँ पुगेका छन्’ उनले भने,‘अब रोजागरका लागि मलेसिया होइन, अब मलेसियाबाट रोजगारका लागि नेपाल आउने शिक्षा नीति बनाउनु पर्छ ।’

dirghayi clinic

अहिलेको शिक्षा नीतिले नेपालीलाई नेपाली बोल्न लाज मान्नु पर्ने अवस्था आएको उल्लेख गर्दै उनले भाषा नै बिर्सिएर नेपालीको पहिचान गुम्ने खतरा देखिएकोमा प्रमुख बोहराले चिन्ता जाहेर गरे ।

बेलायती साम्राज्यवादले उपनिवेश शासन चलाएर अंग्रेजी भाषाको प्रभाव बढाएकोले नेपालको धर्म, संस्कृति, परम्परा, संस्कार लगायतका पहिचान छाड्न नहुने उनको भनाई थियो ।

समन्वय प्रमुख बोहराले नेपालीले आफ्नो पहिचान कायम राखेर विश्वभर चिनिनु पर्ने आवश्यकता देखिएको बताए । ‘पहिचान बिर्सन जानु हुँदैन, पहिचान कायम राखेर विश्वभर चिनिनु पर्छ’ उनले भने ।

सार्क एजुकेसले मलेसियाको भियतनाम बिजनेश चेम्बर र युसीएसआई विश्वविद्यालयसित सझमदारी पत्रमा हस्ताक्षर गरेको छ । सार्क एजुकेशन फाउन्डेशनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण वस्नेतले समझदारी पत्रका हस्ताक्षर गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...