दोधारा चाँदनीमा तीन दिन विद्यालय बन्द, कार्यपालिका बैठकबाट गरियो निर्णय
दोधारा । दोधारा चाँदनी नगरपालिकाले पनि अत्यधिक गर्मीका कारण विद्यालयमा दिइएको छ । दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको मंगलबार बसेको बैठकको निर्णय अनुसार असार १ गते देखि ४ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।
असार १ गते देखि ४ गते सम्म सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले एक सुचना भनिएको छ ।
‘हाल गर्मी अत्यधिक बढी रहेकोले मौसम प्रतिकुल भई विद्यालयको पठनपाठन तथा शिक्षक तथा विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको अवस्थालाई मध्यनजर गरि यस नगर कार्यपालिकाको मिति २०७९÷२÷३१ गतेको निर्णय अनुसार यहि मिति २०७९÷३÷१ गते देखि २०७९÷३÷४ गते सम्म चार दिन पछि लामो बिदाबाट मिलान गर्ने गरि विदा व्यवस्थापन गर्न गराउन हुन अनुरोध छ ।
वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्ने ब्यवस्था मिलाउन हुन सबै बिद्यालयहरुलाई अनुरोध गरिन्छ’ दोधारा चा“दनी नगरपालिका कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।