कार्यपालिका बैठकका निर्णय सार्वजनिकमै हुन थाल्यो बेथिति, बेलडाँडीमा एकै दिन तीन बैठकका निर्णय सार्वजनिक

बैठकका निर्णय सार्वजनिक कार्यक्रममा पनि अध्यक्ष उपाध्यक्षले गरे भाषण

महेन्द्रनगर । स्थानीय सरकारले लामो समयसम्म कार्यपालिका बैठकका निर्णय गुपचुप राखेर सार्वजनिक गर्न थालेका छन् । कार्यपालिका बैठकको माइन्युट ४८ घण्टाभित्र बन्द गर्न सकिने व्यवस्थाको दुरुपयोग गरी लामो समयपछि सार्वजनिक गर्न थालिएको हो ।

स्थानीय सरकारमा कार्यपालिका बैठकका निर्णय सार्वजनक गर्न नगर प्रवक्ता तोकिने गरेका छन् । त्यसरी तोकिएका नगर प्रवक्ताले स्थानीय सरकारको कार्यपालिकाका बैठकपछि निर्णय सार्वजनिक नगरी आफू अनुकूल सार्वजनिक गर्न थालेका छन् ।

बेलडाँडी गाउँपालिकाले बुधबार पत्रकार सम्मेलन गरी तीन कार्यपालिका बैठकका निर्णय सार्वजनिक गरेको छ । बेलडाँडी गाउँपालिकामा गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता गज बहादुर विष्टले तीनै कार्यपालिका बैठकका निर्णय सार्वजनिक गरेका छन् ।

पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना र उपाध्यक्ष शान्ति नाथ सहभागी भएका छन् । नगर प्रवक्ताको सार्वजनिक कार्यक्रममा पहिलो पटक अध्यक्ष र उपाध्यक्ष सहभागी भएका छन् । प्रवक्ताले निर्णय सार्वजनिक गर्ने कार्यक्रममा प्रमुख र उप प्रमुखको भूमिका नहुने स्थानीय सरकारका जानकार बताउँछन् ।

केही दिन अघि भीमदत्त नगरपालिकाले पनि दुई कार्यपालिकाका बैठकका निर्णय पत्रकार सम्मेलन गरी एकै पटक सार्वजनिक गरेको थियो । भीमदत्तका प्रवक्ता महेन्द्र खड्काले निर्णय पढेर सुनाएका थिए । कार्यक्रममा मेयर र उप मेयर दुबै जना अनुपस्थित भएका थिए ।

भीमदत्तमा कार्यपालिका पूर्ण नहुँदै पहिलो बैठक बसेको थियो । त्यसपछि बसेको दोस्रो बैठकबाट नगर प्रवक्ता तोकपछि निर्णय सार्वजनिक गरेको थियो ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर लिम्बुले प्रवक्ताको अधिकारमा हस्तक्षेप गरी केही दिन अघि पहिलो कार्यपालिका बैठकका निर्णय सार्वजनिक गरेका थिए । मेयर लिम्बुले निर्णय सार्वजनिक गरेको केही दिनपछि मात्रै प्रवक्ता तोकेका थिए ।

बेलडाँडी गाउँपालिकाका निर्णय सार्वजनिकका लागि गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता विष्टको दाँया र बाँया दुबैतिर अध्यक्ष र उपाध्यक्ष बसेका छन् । उनीहरु एउटै सोफामा बसेका छन् । उनीहरु दुबैले पत्रकार सम्मेलनमा भाषण समेत गरेका छन् ।

गाउँपालिकाले पहिलो कार्यपालिका बैठकबाट १५ शैय्याको अस्पतालको ठेक्का प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।
नगर प्रवक्ता विष्टले हालसम्मका कार्यपालिका बैठकबाट कर्बड हल निर्माण, विद्युत महसुल काउण्टर स्थापना, विज्ञान बहुमुखी शिक्षालय स्थापना, विपन्नलाई ३० प्रतिशत विद्युत महसुल निःशुल्क, गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा र बाहिर ५० प्रतिशत छुट गर्ने,जग्गाधनी पूर्जा वितरण, छोरी जन्मिए तीन हजार भत्ता दिने, मठ मन्दिरका पुरोहित, पाष्टर, भलमन्सलाई बार्षिक ५ हजार रकम दिने लगायतका निर्णय गरिएको जानकारी दिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.