महेन्द्रनगर । सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँको बजेट ल्याएको छ । प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री प्रकाश रावलले बुधबार बजेट प्रस्तुत गरेका हुन् ।
जसमा चालूतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार रुपैयाँ अर्थात् ३३.४६ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार अर्थात ६५.७४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ १ अर्ब ३६ करोड ४९ लाख अर्थात् ३.७३ प्रतिशत बजेट विनियोजन गरिएको अर्थमन्त्री रावलले बताए ।