शिक्षक कर्मचारी स्वतः स्थायी हुने प्रस्ताव खारेजीको माग गर्दै विद्यार्थी संगठनले शिक्षामन्त्रीलाई बुझाए संयुक्त ज्ञापन

महेन्द्रनगर । विद्यार्थी संगठनले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शिक्षक कर्मचारीलाई स्वतः स्थायी गर्न सिनेटमा लैजान लागेको प्रस्ताव खारेजी सहित पाँच बुँदे माग राखेर शिक्षामन्त्रीलाई ज्ञापन पठाएका छन् ।

प्रधानमन्त्री शेर बहादुर देउवा विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी आएपछि विद्यार्थी ६ विद्यार्थी संगठनले शिक्षामन्त्रीलाई संयुक्त ज्ञापन बुझाएका हुन् ।

janjyoti campus

दीक्षान्त समारोहका लागि आएका प्रधानमन्त्री देउवाको अध्यक्षतामा बस्ने सिनेट बैठकमा शिक्षक कर्मचारीलाई स्वतः स्थायी गर्ने प्रस्ताव लैजाने लागिएको भन्दै चौतर्फी विरोध भएको छ ।

होटेल ओपेरामा कार्यक्रम सकिएपछि प्रधानमन्त्री देउवा विश्वविद्यालयको केन्द्रीय कार्यालय गएका छन् । केन्द्रीय कार्यालयमा सिनेट बसेपछि मात्रै दीक्षान्त समारोह सुरु हुने छ ।

विद्यार्थी संगठनले शिक्षामन्त्रीलाई पठाएको ज्ञापन पत्रमा प्रस्ताव खारेज सहित विभिन्न समितिमा प्रतिवेदन सार्वजनिक गर्नु पर्ने, शिक्षक कर्मचारीलाई खुला प्रतिस्पर्धाबाट पूर्ति गर्नु पर्ने र विश्वविद्यालयका सबै बेथिति छानबिन गरी संलग्नलाई कारवाही गर्न पर्ने लगायतका मागहरु राखेका छन् ।

ghar sansar
सम्बन्धित
Loading...