उल्टाखाम घट्नाकी पीडित बालिकालाई न्याय दिन राना थारु समाजले प्रधानमन्त्री देउवालाई पनि बुझायो ज्ञापन

Amity

महेन्द्रनगर । नेपाल राना थारु समाजले भीमदत्त नगरपालिका २ उल्टाखाममा यौनजन्य हिंसाबाट पीडित बालिकालाई न्याय दिन माग गर्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाइएको छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको १३ औं स्थापना दिवस एवम् दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन आएका प्रधानमन्त्री देउवलाई समाजका अध्यक्ष कृपाराम रानाले बालिकालाई न्यायका लागि पाँच बुँदे ज्ञापन पत्र बुझाएका हुन् ।

janjyoti campus

प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा पीडित बालिकालाई तत्काल स्वास्थ्य उपचार गरिनु पर्ने, घट्ना सत्यतथ्य छानबिन गर्नु पर्नु, बालिकालाई निःशुल्क शिक्षा, भरपोषणको व्यवस्था र सामाजिक सुरक्षा हुनु पर्ने माग राखिएको छ ।

गत जेठ १० गते ११ वर्षिया ती बालिकामाथि स्थानीय दिनेश मालीले यौनजन्य हिंसा गरेका थिए । त्यसपछि मालीले आत्महत्या गरेका थिए ।

समाजले यस बालिकालाई न्यायका लागि गृहमन्त्री बालकृष्ण खाँणलाई काठमाडौंमा पनि माग पत्र बुझाएको थियो । अहिले प्रधानमन्त्री देउवा महेन्द्रनगर आएको मौका पारी फेरि न्यायका लागि ज्ञापन बुझाएको छ ।

समाजका अध्यक्ष रानाले पीडित बालिकामाथि यौनजन्य हिंसा गरी कुटपिट गरी ज्यान मार्ने खोजिएकाले छानबिन गरी सत्यतत्य बाहिर ल्याउनु पर्ने बताए ।

ghar sansar
सम्बन्धित
Loading...