ghar sansar

भीमदत्तको श्वेतपत्र : सेवा प्रवाहमा लापरवाही गर्ने कर्मचारीलाई कारवाही

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले सेवा प्रवाहमा लापरवाही गर्ने कर्मचारीलाई कारवाही गर्ने घोषणा गरेको छ । भीमदत्तले आइतबार जारी श्वेतपत्रमा सेवाग्राहीलाई झन्झट गरी नियतबश दुःख दिने कर्मचारीलाई नियमानुसार कारवाही गर्ने घोषणा गरिएको हो ।

कर्मचारीको लापरवाहीका गुनासोका लागि हेल्प डेस्क, टोल फ्रि नम्बर र उजुरी पेटिका व्यवस्था गरिने श्वेतपत्रमा उल्लेख गरिएको छ ।

श्वेतपत्रको आगामी लक्ष्यमा सबै वडामा सेवा प्रवाहलाई सहज र सरल बनाउने उल्लेख गर्दै लापरवाही गर्ने कर्मचारीलाई कारवाही गरिने उल्लेख गरिएको छ ।

‘कही कतै सेवा प्रवाहमा अनावश्यक झन्झट गरी सेवाग्राहीलाई नियतबश दुःख दिन खोजे सम्बन्धित कर्मचारीलाई नियमानुसार आवश्यक कारवाही गरिनेछ’ श्वेतपत्रमा भनिएको छ,‘यसका लागि पालिकामा हेल्प डेस्क, टोल फ्रि नम्बर र उजुरी पेटिकाको व्यवस्था गरिनेछ ।’

श्वेतपत्रमा भ्रष्टाचार शून्य सहनशिलताको नीति लिइने उल्लेख गरिएको छ । नगरपालिकाको आर्थिक व्ययभार कम गर्न संगठन सर्भेक्षणका अनुसार आवश्यकता र औचित्यको आधारमा दरबन्दी पुनरावलोकन गर्ने उल्लेख गरिएको छ ।

दुई दिनपछि हुने नगर सभाको पूर्व सन्ध्यामा पत्रकार सम्मेलन गरी श्वेतपत्र जारी गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...