ghar sansar

गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालय बनाउन स्थानीय स्तरमा पनि हुन थाल्यो छलफल

little buddha academy
khasi

महेन्द्रनगर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका साँसद र नेताहरुले कैलालीको गेटास्थित गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनु पर्ने छलफल अघि बढाएका छन् ।

कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक प्रकाश भट्टले सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन अघि नै प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुका लागि दबाव दिएका थिए ।

साँसद भट्टले त्यसपछि प्रधानमन्त्री देउवालाई सुदूरपश्चिम क्षेत्रका सबै संघीय साँस सहित गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन ज्ञापन पत्र बुझाई सकेका छन् । गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन एमाले बाहेक अन्य पार्टीका साँसद पनि सहमत देखिएका छन् ।

साँसद भट्ट सहित संविधान सभा सदस्य एवम् एमाले केन्द्रीय सदस्य कृपाराम राना लगायतका नेता आइतबार कैलालीमा गेटा मेडिकल कलेज सञ्चालन संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भएका छन् । उनीहरुले मेडिकल कलेजलाई विश्वविद्यालय बनाएर सुदूरपश्चिमलाई उपहार दिनु पर्ने धारणा राखेका छन् ।

‘सुदूरपश्चिम प्रदेश बाहेक अन्य सबै प्रदेशमा मेडिकल कलेज छन्, सुदूरपश्चिममा मात्रै छैन’ साँसद भट्टले भने,‘अब प्रधानमन्त्रीज्यूले सुदूरपश्चिममा यसलाई विश्वविद्यालय बनाएर उपहार दिनु पर्छ ।’

dirghayi clinic

सुदूरपश्चिममा चिकित्सा विश्वविद्यालय स्थापना हुँदा अहिलेसम्म स्वास्य क्षेत्रमा भोग्दै आएको सबै समस्या समाधान हुने साँसद भट्टको भनाई थियो ।

संविधान सभा सदस्य रानाले सुदूरपश्चिम प्रदेश स्वास्थ्य क्षेत्रमा सधैं पछाडि पर्दै आएकाले यस पटक गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनु पर्ने बताए । ‘यो क्षेत्र मेडिकल शिक्षाका नाममा सधंै पछाडि परेको छ, त्यस कारण यसलाई चिकित्सा विश्वविद्यालय बनाउन सरकारले सक्रियता देखाउनु पर्छ’ उनले भने,‘सुदूरपश्चिमका जनता हामी सहयोग गर्न तयार छौ ।’

कार्यक्रममा एमाले कञ्चनपुरका उप सचिवद्वय कर्ण बहादुर चन्द र फैरु तामाङ्ग पनि सहभागी भएका छन् ।  सरकारले २०६६ मा महेन्द्रनगरमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र गेटामा मेडिकल कलेज बनाउने घोषणा गरेको थियो ।

त्यस अनुसार महेन्द्रनगरमा विश्वविद्यालय सञ्चालनमा आएर १३ औं स्थापना दिवस मनाइएको छ । गेटामा भौतिक पूर्वाधार निर्माण भएर पनि सञ्चालन प्रारुप नभएर मेडिकल कलेज अन्यौलमा परेको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत रहने गरी सेती र महाकाली प्रादेशिक अस्पतालसितको सहकार्यमा गेटा मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

बजेट घोषणा अघि प्रधानमन्त्री देउवाले साँसद भट्टसित भेटमा विश्वविद्यालय बनाउने योजना राम्रो भएकाले सहयोग हुने आश्वासन दिएका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...