ghar sansar

पत्रकार महासंघ कञ्चनपुरले भन्यो : राज्य व्यवस्था शान्ति सुरक्षा नदिएर आफैं आतंक फैलाउन लाग्यो

khasi

महेन्द्रनगर । नेपाल पत्रकार महासंघ कञ्चनपुरले पत्रकारलाई पक्राउ गरी शान्ति सुरक्षा नदिएर प्रहरी आतंक फैलाउने कार्यमा लागेको अनुभूति भएकोमा चिन्ता व्यक्त गरेको छ ।

महासंघले सोमबार राति पत्रकार रनि विवशलाई विना कारण पक्राउ गरी हिरासतमा राखेको घट्नामा विज्ञप्ति प्रकाशित गर्दै त्यसमा संलग्न प्रहरी अधिकारीमाथि कारवाही गर्न समेत माग गरिएको छ ।

महेन्द्रनगर बजारको गल्ली नं. ४ को फ्रिलाइनस्थित अलकत्रा बोकेको डिस्ट्रिब्युटर्समा आगजनीको समाचार संकलन गरि रहेको समयमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिह ठगुन्ना नेतृत्वको टोलीले पक्राउ गरेको थियो ।

dirghayi clinic

महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामीले विज्ञप्ति प्रकाशित गरी प्रहरीलाई घट्नासित सोध्दा दुःख दिने र पक्राउ गर्ने कार्य निन्दनीय भएको उल्लेख गरेका छन् ।

‘समाचार संकलनको दौरान घट्नास्थमा उपस्थित पत्रकारले आफ्नो परिचय दिँदा दिँदै प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले विना कारण पक्राउ गरेको घट्नाले राज्य शान्ति सुरक्षा गर्नको सट्टा स्वयम् आतंक फैलाउने कार्यमा लागेको महसुस भएको छ’ महासंघका अध्यक्ष माधव सिह धामीले प्रेषित विज्ञप्तिमा भनिएको छ ।

महासंघले विना कारण पत्रकार पक्राउ घट्नाको निन्दा गर्दै त्यसकमा संलग्न प्रहरी अधिकृतमाथि कारवाहीका लागि माग गरेको छ । आगामी दिनमा पत्रकारमाथि यस्ता घट्ना दोहोरिन नदिन पनि सचेत गराएको छ ।

Himal dental
सम्बन्धित
Loading...