Sarsoti

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापितलाई मुआव्जा सिफारिश कार्यदलको संयोजकमा बोहरा नियुक्त

lotus institute

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितहरुलाई मुआव्जा सिफारिस गर्ने कार्यदलको संयोजकमा दल बहादुर बोहरा नियुक्त भएका छन् । मन्त्रीपरिषद्को हालै बसेको बैठकको निर्णय अनुसार बोहरालाई कार्यदलको संयोजकमा नियुक्त गरिएको हो । कार्यदलमा नियुक्त बोहराले आज नियुक्ति पत्र बुझेका छन् ।

निकुञ्ज विस्थापित परिवारको अबस्थाको बारेमा अध्ययन गरी पुनः स्थापना लागि मुआव्जा सिफारिस गर्नका लागि कार्यदल गठन गरिएको छ । कार्यदलको अबधि छ महिना तोकिएको छ ।

morning glory

निकुञ्ज संग निकट रहेर बोहराले लामो समय सम्म कार्य गरेका छन । निकुञ्जको मध्यवर्ती क्षेत्रको त्रिशक्ति उपभोक्ता समितिको अध्यक्ष भएर उहाँले कार्य अनुभव बटुल्नु भएको छ । निकुञ्जको समस्या बारे बोहरा निकै जानकार मानिन्छन । दिईएको जिम्मेवारी पूर्ण निष्ठा र इमान्दारीतापूर्वक बहन गर्ने कार्यदलका नव नियुक्त संयोजक बोहराले बताए ।

“निकुञ्ज विस्थापित परिवारको अबस्था निकै कष्टपूर्ण छ” उनले भने, “लामो समय देखि बल्झेको समस्याका रुपमा रहेको छ । विस्थापित परिवार संग छलफल गरी मुआव्जा र पुनः स्थापनका लागि निष्कर्शमा पुग्छौं ।” कार्यदलको संयोजकमा नियुक्त भएको नियुक्त पत्र बुझेको उल्लेख गर्नु हुँदै उनले कार्यादेश बुझनका लागि आज मन्त्रालय जान लागेको बताए । कार्यादेश अनुसार कार्य अघि बढाईने उनको भनाई छ ।

Mahendranagar

२०५८ सालमा तत्कालिन शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विभिन्न क्षेत्रका बस्ती हटाईएका थिए । बस्ती हटाईएका केही परिवारलाई पुन ःस्थापन गरिए पनि अझै दुई हजार बढी परिवार पुनः स्थापन हुन बाँकी छन् ।

विस्थापित परिवार निकुञ्जकै तारापुर, ढक्का, लल्लरेडाँडा लगायत जिल्लाका विभिन्न वन क्षेत्र नजिक र नदी खोला किनारामा झोपडी बनाई बस्दै आएका छन् ।

बोहराको संयोजकत्वमा बनेको कार्यदल सहित निकुञ्ज विस्थापित परिवारको पुनः स्थापनाका लागि ३१ वटा आयोग बनि सकेका छन ।

निकुञ्ज विस्थापीतको समस्या समाधानका लागि बनेको यस अघिको कार्यदलले १० कठ्ठा जग्गा वा रु ६० लाख मुआव्जा दिनु पर्ने प्रतिवेदन तयार गरी सरकारलाई बुझाएको थियो । प्रतिवेदन अझै कार्यान्वयन भने भएको छैन ।

saark school
सम्बन्धित
Loading...