ghar sansar

सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री रावल भन्छन्– बैजनाथलाई नमूना मावि बनाउन सक्दो सहयोग गर्छु

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावलले बैजनाथ माध्यमिक विद्यालयलाई नमूना बनाउन आफूले सक्दो सहयोग गर्ने बताएका छन् ।

बैजनाथ माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको भेलामा मन्त्री रावलले विद्यालयलाई नमूना बनाउन सक्दो सहयोग गर्ने बताएका हुन् । विद्यालयका पूर्व विद्यार्थी रावलको प्रमुख आतिथ्यमा भेला गरिएको छ ।

lotus institite
daimond public

कार्यक्रममा मन्त्री रावलले आफूले पढेको विद्यालयका लागि मन्त्री हुँदा बजेट समेत विनियोजन गर्न नसकेकोमा ग्लानी भएको उल्लेख गर्दैै अझै प्रयास गर्ने बताए ।

‘बजेट हाल्न सकिएन, यो कुरा मैले मनमा कुरा राखेछु’ कार्यक्रममा मन्त्री रावलले भने, ‘म सक्दो सहयोग गर्छुm विद्यालयलाई नमूना बनाउन म सक्दो सहयोग गर्छु ।’

कञ्चनपुरका सबैभन्दा जेठा विद्यालय बैजनाथ यस अघि २०६४ देखि २०७० सम्म नमूना विद्यालय थियो । भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्र विष्ट विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा विद्यालयलाई नमूना बनाइर्एको थियो ।

अहिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युतराज कलौनी फेरि विद्यालयलाई नमूना बनाउने अठोट लिएर अघि बढेका छन् । उनले पहिलो पटक पूर्व विद्यार्थीको भेला गराएका छन् ।

Himal dental
सम्बन्धित
Loading...