ghar sansar

बैजनाथ माविमा पूर्व विद्यार्थी समाज गठन, अध्यक्षमा चन्द

महेन्द्रनगर । बैजनाथ माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी समाज गठन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मन्त्री प्रकाश रावलको प्रमुख आतिथ्यमा पूर्व विद्यार्थीहरुको भेला गरी समाज गठन गरिएको छ ।

पूर्व विद्यार्थी समाजको अध्यक्षमा गणेश बहादुर चन्द चयन गरिएका छन् । समाजको उपाध्यक्षमा अशोक बिक्रम जैरु, सचिव भोजराज भट्ट, कोषाध्यक्ष धनमति विष्ट र सदस्यमा गौरब अवस्थी, विष्णुदत्त भट्ट, चुडामणी शर्मा, जनकराज जोशी र तपेन्द्र भट्ट छन् ।

lotus institite

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत प्रसाद कलौनीको अध्यक्षातमा गरिएको कार्यक्रममा आर्थिक मामिला मन्त्री रावल प्रमुख र जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा बोहरा विशिष्ठ अतिथि थिए ।

daimond public

कार्यक्रममा विद्यालय व्यवस्थापनका समितिका पूर्व अध्यक्ष एवम भीनपा ४ का निवर्तमान वडा अध्यक्ष लक्ष्मीदत्त बोहरा, काँग्रेस नेता कृष्ण बहादुर कुँबर क्षेत्री, विद्यालयका प्रधानाध्यापक हरिराज विष्ट, स्वास्थ्यकर्मी पंकज रावल लगायतका सहभागी भएका छन् ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएपछि कलौनीले पहिलो पटक पूर्व विद्यार्थीको भेला गरी पूर्व विद्यार्थी समाज गठन गरेका हुन् । ‘अध्यक्षज्यू आएपछि विद्यालयको शैक्षिक गुणस्तर, भौतिक विकास सबैलाई मध्यनजर गरी कार्यक्रम अघि बढाइएका छन्,’ विद्यालयका लेखा अधिकृत लक्ष्मण भट्टले भने, ‘त्यसै अनुसार आज पहिलो पटक विद्यालयमा विद्यार्थी समाज गठन गरिएको छ ।’

कार्यक्रममा प्रमुख अतिथि रावल, विशिष्ट अतिथि बोहरा लगायतले बैजनाथलाई नमूना बनाउन आफूहरुले सक्दो सहयोग गर्ने बताए ।

 

Himal dental
सम्बन्धित
Loading...