ghar sansar

दोधारा चाँदनीका मेयर लिम्बुले घरदैलोमै पुगेर लिए क्षतिको विवरण, भन्छन– नागरिकको पीडामा नगरपालिका सहयोग गर्छ

पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले घरदैलोम पुगेर वर्षासंगै आएको हावाले स्थानीयको घरमा पुगाएको क्षतिको जानकारी लिएका छन् ।

गत बिहीबार आएको वर्षा संगै हावाले दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का एक दर्जन भन्दा बढीको घरमा क्षती बनाएको थियो । गएका बिहिवार हावा पानीले स्थानियहरुको घरको छाना, बिद्युत मिटर, रुख तथा मकैका बिरुवामा क्षती बनाएपछि शनिबार दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु सम्मलित टोलीले क्षति भएका घरहरुको अनुगमन गरेका छन् ।

mantra hos123

टोलीमा अधिकारकर्मी तथा सुरक्षित संजाल दोधारा चाँदनीका संयोजक खिमा चन्द, दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडाध्यक्ष पदम रावल, वडा नं. ३ का वडाध्यक्ष हरिसिंह धनाडी लगाएतको सहभागिता रहेका थिए । आकस्मिक रुपमा आएको अबिरल वर्षा संगै हावाले स्थानियको घरमा गरेको क्षतीको सहयोगको पहल थाल्ने दोधारा चाँदनी नगरपालिकाका नगर फ्रमुख किशोर कुमार लिम्बुले बताएका छन् ।

अनुगमनको क्रममा मेयर लिम्बुले आर्थिक अवस्था दैनिय रहेका ब्यत्तीहरुको घरहरुमा हावा पानीले क्षती बनाएको हुदा यथासक्य सहयोग गर्ने बताउँदै घर तथा मकैमा क्षती भएकोमा दुःख व्यक्त गरे । ‘आफ्ना नागरिकको यो पीडामा मल्हम लगाउने गरि नगरपालिका सहयोग गर्न तयार छ्’ मेयर लिम्बुले भने ।

हावापानीले घरको छाना फाल्नुको साथै बिद्युत मिटर तथा खाद्य सामग्री क्षती गरेको स्थानियहरुले बताएका छन् । हावा पानीले दोधारा चाँदनी नगरपालिका वडा नं. ३ निवासी पप्पु बाँठा, कल्याण सिंह महता, सिता देबी महता, शिम्न्युहा लोहार, गणेश दत्त ओझा, राम सिंह भण्डारी, करन सिंह सुनार, शिव सिंह साँउद र गोपाल साँउद लगायत एक दर्जन स्थानियको घरको छाना उडाईदिएको, विद्युत मिटरमा क्षति, खाद्य सामग्रीमा क्षति पु¥याएको बताईएको छ । स्थानियहरुको घरको छाना उडाउदा स्थानियहरु बिचल्लीमा परेका छन् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष हरिसिंह धनाडीले प्रहरी मुचुल्का सहित वडा कार्यालयबाट सिफारिश गरी नगरपालिका कार्यालयमा क्षतिका विवरण कार्य भईरहेको बताएका छन् ।

Himal dental
सम्बन्धित
Loading...