ghar sansar

सहयोग जुटाएर इलाका प्रहरी कार्यालय रैकवारले बनायो भवन, मेयर ओझाले गरे उद्घाटन

महेन्द्रनगर । स्थानीय सरकार सहित विभिन्न संघ संस्थाको सहयोगमा कृष्णपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालय रैकवार विचवाले भवन बनाएको छ । कृष्णपुर नगरपालिका सहित संघ संस्थाबाट २९ लाख ४१ हजार सहयोग जुटाएर बाथरुम सहितको पक्की भवन बनाइएको हो ।

daimond public

रैकवारस्थित इलाका प्रहरी कार्यालयको जमिनमा प्रहरी कार्यालय बनेको छ । प्रहरी नायब निरीक्षक(सई) को नेतृत्वमा इलाकामा प्रहरी टोली छ । सशस्त्र द्वन्द्व सकिएपछि इलाका प्रहरी कार्यालय राखिएको थियो ।

lotus institite

कृष्णपुरका मेयर हेमराज ओझाको प्रमुख आतिथ्यमा कार्यक्रम गरी भवन उद्घाटन गरिएको छ । कार्यक्रममा मेयर ओझाले भवन उद्घाटन गरेका छन् । कृष्णपुरका उप मेयर द्रोपती राना सहित जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरी लगायतका सहभागी भएका छन् ।

कृष्णपुर नगरपालिका ८ का वडा अध्यक्ष दिनेश खड्काको अध्यक्षमा कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...