ghar sansar

पुनर्वासमा दिनदहाडै तीन जनामाथि खुकुरी प्रहार, अवस्था गम्भीर

महेन्द्रनगर । पुनर्वास नगरपालिका–२ अम्रैयामा खुकुरी प्रहारबाट तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुमा अम्रैयाका ४७ वर्षीय बिरसिंह राना, मोती बस्तीकी ३८ वर्षीया मधु महता र अम्रैयाकी ४५ वर्षीया धनचरा रावत छन् । उनीहरुलाई मंगलबार पुनर्वास–२ अम्रैयाका टेके सार्कीले खुकुरी प्रहार गरेको बताइएको छ।

सार्कीलाई अम्रैयाको झोलुङ्गे पुलबाट खुकुरीसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक तेजबहादुर खड्काले जानकारी दिए । उनका अनुसार सार्कीले आफ्नै घाँटीमा समेत खुकुरी प्रहार गरेका छन्। उनको मानसिक अवस्था ठिक नभएको बुझिएको प्रहरी नायब निरीक्षक खड्काले बताए ।

घाइते तीनै जनाको टाउको र छातीमा गहिरो चोट लागेको छ। उनीहरुमध्ये २ जनाको स्थानीय बिएन पोलिक्लिनिक आइबीआरडीमा उपचार भइरहेको र मधु महतालाई रगत अभावका कारण धनगढी पठाइएको डा. सागर केसीले बताए ।

Himal dental
सम्बन्धित
Loading...