ghar sansar

पुनर्वासमा दिनदहाडै तीन जनामाथि खुकुरी प्रहार, अवस्था गम्भीर

little buddha academy
khasi

महेन्द्रनगर । पुनर्वास नगरपालिका–२ अम्रैयामा खुकुरी प्रहारबाट तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुमा अम्रैयाका ४७ वर्षीय बिरसिंह राना, मोती बस्तीकी ३८ वर्षीया मधु महता र अम्रैयाकी ४५ वर्षीया धनचरा रावत छन् । उनीहरुलाई मंगलबार पुनर्वास–२ अम्रैयाका टेके सार्कीले खुकुरी प्रहार गरेको बताइएको छ।

dirghayi clinic

सार्कीलाई अम्रैयाको झोलुङ्गे पुलबाट खुकुरीसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक तेजबहादुर खड्काले जानकारी दिए । उनका अनुसार सार्कीले आफ्नै घाँटीमा समेत खुकुरी प्रहार गरेका छन्। उनको मानसिक अवस्था ठिक नभएको बुझिएको प्रहरी नायब निरीक्षक खड्काले बताए ।

,orning glory badhai

घाइते तीनै जनाको टाउको र छातीमा गहिरो चोट लागेको छ। उनीहरुमध्ये २ जनाको स्थानीय बिएन पोलिक्लिनिक आइबीआरडीमा उपचार भइरहेको र मधु महतालाई रगत अभावका कारण धनगढी पठाइएको डा. सागर केसीले बताए ।

Himal dental
सम्बन्धित
Loading...