ghar sansar

दोधारा चाँदनीका मेयरले सुरु गरे हटलाईन सेवा

khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकाले नगरका जनतालाई प्रवाह गर्दै गरेको सेवा प्रवाह प्रति कुनै जनगुनासो लगायतका सल्लाह, सुझावका लागि सुझाव दिन आह्वान गरिएको छ् ।

दोधारा चाँदनीका मेयर किशोर लिम्बूको सचिवालयको फेसबुक पेजबाट उक्त आह्वान गरिएको हो । नगरपालिकामा देखिएका समस्या र समाधानका लागि नगरपालिका सदैव तत्पर रहेको उक्त पेजमा भनिएको छ ।

dirghayi clinic

जनगुनासो, सल्लाह–सुझावका लागि नगरका मेयर किशोर लिम्बूको स्वयम् आफ्नै मोबाइल नम्बर तथा नगरपालिकाको इमेल, वेवसाइट उपलब्ध गराउनुका साथै लिम्बूका स्वकिय सचिव चन्द्र प्रकाश खत्रीको पनि सम्पर्क नम्बर सहित कुनै पनि समयमा सम्पर्क गर्न भनिएको छ् ।

जनताको सल्लाह सुझावलाई उच्च सम्मानका सथै समस्या समाधान गर्नका लागि ईमानदारिताका साथ पहल गर्ने कुरामा प्रतिबद्ध रहेको भनिएको छ ।

‘सम्पूर्ण नगरवासीमा नमस्कार, यस दोधारा चाँदनी नगरपालिकाबाट प्रवाह हुने सेवा प्रति कुनै पनि गुनासो, सल्लाह सुझावक वा प्रतिकृया भए तल दिएका कुनै पनि माध्यमबाट दिन हुन हार्दिक अनुरोध गर्दछौं । तपाईको सल्लाह सुझावलाई उच्च सम्मानका सथै समस्या समाधान गर्नका लागि हामी ईमानदारीताका साथ पहल गर्ने कुरामा विश्वास दिलाउन चाहान्छौं’ दोधारा चाँदनी नगरपालिकाका मेयरको आधिकारिक फेसबुक पेजमा भनिएको छ ।

Himal dental
सम्बन्धित
Loading...