ghar sansar

शुक्लाफाँटामा स्वास्थ्य चौकीमै एमबीबीएस डाक्टर

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाको पिपलाडी स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा शुरु गरिएको छ । एमविविएस चिकित्सकको व्यवस्था गरी स्वास्थ्य चौकीमा सेवा शुरु गरिएको हो ।

दुर्गमा रहेको स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा नहुदा स्थानिय बासिन्दाले उपचारका लागि टाढा टाढा जानु पर्ने बाध्यता थियो । सेवा शुरु भए संगै उपचारका लागि टाढा पुग्नु पर्ने अबस्थाको अन्त्य भएको छ ।

,orning glory badhai

‘स्वास्थ्य चौकीलाई यस क्षेत्रकै मोडेलका रुपमा विकास गर्ने लक्ष्य राखि चिकित्सकीय सेवा शुरु गरेका छौं’ नगरपालिकाका प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टले भने, ‘स्वास्थ्य चौकीलाई आवश्यक पर्ने सामग्रीको व्यवस्था गर्नका लागि तत्पर छौं ।’

पदपूर्तिको आवश्यक प्रकृया पुरा गरी चिकित्सकको व्यवस्था गरिएको उनले बताए । चिकित्सकीय सेवाको आजबाट औपचारीक कार्यक्रम गरी सुभारम्भ गरिएको उनले जानकारी दिए ।

dirghayi clinic

नगरपालिकाले नगर अस्पतालको अवधारणा अघि सारेर भवन निर्माणको कार्य अगाडी बढाई राखेको उनले बताए । अस्पताल निर्माणको कार्य पुरा भएपछि थप चिकित्सक संगै आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था गरी जटिल प्रकारका रोगहरुको उपचार स्थानिय स्तरमै हुने गरी व्यवस्था हुने उनको भनाई थियो ।

स्वास्थ्य चौकीमा भिडियो एक्सरे, एक्सरे, इण्डोस्कोपी लगायतका मेसिन दक्ष जनशक्ति नहुदा अलपत्र अबस्थामा रहेका थिए । चिकित्सको व्यवस्था संगै अलपत्र अबस्थामा रहेका औजार र उपकरण सञ्चालनमा आउने बताईएको छ ।

स्थानिय बासिन्दालाई स्वास्थ्य सेवाको प्रत्याभूत गराउनका लागि नगरपालिकाका १२ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र संगै स्वास्थ्य चौकी मार्फत आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था गरी सेवा प्रदान गर्ने कार्य भैरहेको छ ।

भौतिक पूर्वाधार निर्माणको कार्यमा समेत जोड दिईएको अधिकृत भट्टको भनाई रहेको छ । चिकित्सकीय सेवा शुरु भएको स्वास्थ्य चौकीमा स्थायी, ज्यालादारी र करारका गरी २१ जना बढी स्वास्थ्यकर्मी कार्यरत रहेका छन ।

स्वास्थ्य चौकीमा सञ्चालन गरिएको चिकित्सकीय सेवाबाट १२ वटै वडाका ५५ हजार बढी बासिन्दा लाभावान्तित हुने भएका छन ।

Himal dental
सम्बन्धित
Loading...