ghar sansar

यस्तो छ सुदूरपश्चिम सरकारको हालत, ढुकुटीमा पैसा थन्क्याएर ६० करोड भुक्तानी रोकियो

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकार आफैंले विनियोजन गरेको बजेट खर्च गर्न समेत असफल भएको छ । प्रदेश सरकारले खर्च गर्न नसकेर पनि ६० करोड भुक्तानी दिन बाँकी राखेको छ ।

प्रदेश सरकारले पत्रकार सम्मेलन गरी गत आर्थिक वर्ष ६६ दशमलव ६१ प्रतिशत मात्रै खर्च भएको आफैंले सार्वजनिक गरेको हो ।

lotus institite

प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको खर्च विवरण अनुसार २० अर्ब ९६ करोड खर्च भएको छ । गत वर्ष ३१ अर्ब ४७ करोड ५६ लाख ९० बजेट विनियोजन गरिएको थियो ।

प्रदेश सरकारले सञ्चित खातामा ७ अर्ब ५३ करोड बचत भएको मन्त्रालयका सचिव जितेन्द्र वस्नेतले बताए । उनका अनुसार ६० करोड भुक्तानी दिन बाँकी छ ।

daimond public

चालु आर्थिक बर्ष २०७९÷०८० मा प्रदेश सरकारले ३६ अर्ब, ७४ करोड, ६४ लाख बजेट ल्याएकोमा चालु तर्फ १२ अर्ब २९ करोड र पुँजिगत तर्फ २४ अर्ब, १४ करोड, वित्तिय हस्तान्तरणतर्फ १ अर्ब ३६ करोड ४० लाख र वित्तिय व्यवस्थापनमा ३० करोड छ ।

चालु बर्षको स्रोत तर्फ आन्तरिक राजस्व परिचालन २ अर्ब, राजस्व बाँडफाँड ९ अर्ब, ६० करोड, ५१ लाख, संघीय रोयल्टी बाँडफाँड ४ करोड, ९३लाख, २८ हजार, वित्तिय समानीकरण अनुदान ९अर्ब, ७५लाख, सशर्त अनुदान ६अर्ब, ९८ करोड, ८० लाख, समपुरक अनुदान ७६ करोड ५० लाख, विशेष अनुदान ७९ करोड, ७८ लाख अनुमानित गरिएको छ ।

पत्रकार सम्मेलनमा सचिव वस्नतेले कोरोना महामारी, स्थानीय निर्वाचन, कर्मचारी अभाव लगायतका कारण खर्च हुन नसकेको बताए । उनले विविध कारण उल्लेख गरे पनि त्यसबारे केही भन्न सकेन ।

आर्थिक मामिला मन्त्री प्रकाश रावलले चालु आर्थिक बर्षमा प्रदेशमा केही महत्वपूर्ण गौरबका योजना संचालन हुने बताए । मन्त्री रावलले खेलकुद, स्वाथ्य, पूर्वाधारदेखि जलविद्युतका महत्वपूर्ण योजना सचालनमा आउँने बताउदै विनियोजित बजेट खर्च हुने बताए ।

यस वर्ष मन्त्री रावलले विवादका बीच चालु आर्थिक वर्षको बजेट ल्याएका छन् । सुदूरपश्चिम प्रदेश सरकारको पाँच वर्षे कार्यकालमा मन्त्री रावलको बजेट हालसम्मकै सबैभन्दा बढी आलोचना भएको छ । बजेटमा टुक्रा सहित दुई हजार बढी योजना समावेश गरिएका छन् । दलका कार्यकर्ताका हातमा पर्ने गरी बजेटमा योजना समावेश गरिएको सत्तापक्षकै साँसदहरुको आरोप थियो ।

Himal dental
सम्बन्धित
Loading...