ghar sansar

हराएका श्रीमान खोज्दै पुनर्वासकी सुनिता, प्रहरी कार्यालयमा पनि छाडेर आइन तस्बिर

महेन्द्रनगर । पुनर्वास नगरपालिका ९ ख गाउँकी सुनिता नेपाली हराएका श्रीमान खोज्न केही दिनदेखि आफन्तदेखि प्रहारी कार्यालयसम्म पुगेकी छन् ।

मानसिक सन्तुलन ठिक नभएका उनका श्रीमान नरी नेपाली असार १९ गते आफन्तको घर आएको बेला बेलडाँडी क्याम्पबाट हराएका हुन् । उनी हराएपछि श्रीमति सुनिता खोजीमा लागेकी छन् ।

उनले भनिन्,‘सबै ठाउँमा फोटो देखाएका छौ, प्रहरीसम्म फोटो  ‘बेलडाँडी आएका बेला हराए, खोजी गर्न आफन्त, प्रहरी सबैका छाडेर आएकी छु ।’

हराएका ३५ वर्षिय नरी ५ फिटका छन् । नेपाली दम्पत्तिका ती छोरी र एक छोरा छन् । घरमा छोरा छोरी छाडेर सुनिता श्रीमानको खोजीमा छिन् ।

‘कता पो गए, के पो भयो, केही पनि थाह छैन’ उनले भनिन्,‘सबैसित खोजीका लागि सहयोग गरि दिन आग्रह गरि रहेकी छु ।’

श्रीमानको खोजीमा बिहीबार उनी महेन्द्रनगर पुगेकी छन् । भगतपुरस्थित आफन्तलाई साथ लिएर उनी वेपत्ता श्रीमान खोजीका लागि प्रहरी कार्यालय पुगेकी छन् ।

Himal dental
सम्बन्धित
Loading...