ghar sansar

प्याब्सनको हाजिरी जवाफ प्रतियोगिता : माविमा एभरेष्ट एभर र आधारभूततर्फ सनलाइट पब्लिक प्रथम

महेन्द्रनगर । प्याब्सन कञ्चनपुरले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिमा १४ माध्यमिक र १५ आधारभूत तहका विद्यालय सहभागी भएका छन् ।

प्रतियोगितामा मावितर्फ एभरेष्ट एभर ग्रिन उल्टाखाम प्रथम भएको छ । डायमण्ड एकेडेमी गड्डाचौकी द्वितीय, सनलाइट पब्लिक स्कुल बाणी तृतीय र सरस्वती विद्या निकेतन गुलरिया सान्तवना स्थान हासिल गरेका छन् ।

यसैगरी आधारभूत विद्यालयतर्फ सनलाइट पब्लिक स्कुल बाणी प्रथम, मेधावी स्कुल भाँसी द्वितीय, लिटिल गार्डन इङ्गलिश बोर्डिङ्ग बेलौरी तृतीय र बाल संसार इङ्गलिश बोर्डिङ्ग स्कुल दैजी चौथो भएका छन् ।

प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्टको अध्यक्षता र प्याब्सनका केन्द्रीय सल्लाहकार हिरा चन्द प्रमुख आतिथ्यमा प्रतियोगिता गरिएको छ । प्रतियोगितामा विजयी विद्यालयलाई नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

प्याब्सन कञ्चनपुरका सचिव राकेश बहादुर चन्दले सञ्चालन गरेको कार्यक्रममा क्विज मास्टर उत्तम सिह विष्ट र भुपराज जोशी लगायतका प्याब्सनका पदाधिकारी, सदस्य लगायतका सहभागी भएका छन् ।

कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा भएको कार्यक्रमको संयोजक प्याब्सनका जिल्ला उपाध्यक्ष महादेब प्रसाद भट्टले गरेका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...