ghar sansar

शुक्लाफाँटा निकुञ्जसित सम्बन्ध बिग्रन सक्ने दोधारा चाँदनीका मेयरको चिन्ता , भन्छन्– यस्तै अवस्था रह्यो भने एकले अर्कोलाई सहयोग नहुन सक्छ

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर लिम्बुले स्थानीय सरकार र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबीच सम्बन्ध बिग्रन सक्ने चिन्ता व्यक्त गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ कञ्चनपुरले सामुदायिक वनका समसामयिक सवाल सम्बन्धी कार्यक्रममा मेयर लिम्बुले निकुञ्ज र स्थानीय सरकारबीच दुरी बढेर सहयोग गर्न नसकिने अवस्था आउने बताएका हुन् ।

‘स्थानीय सरकार स्वायत्त छ, ऐन कानुन बनाउने अधिकार छ, आफ्नो क्षेत्रभित्रका स्रोत साधन परिचालन गर्न सक्छ’ उनले भने,‘तर पनि निकुञ्जले केही गर्न खोज्यो भने रोकि दिन्छ, स्वायत्त सरकारको स्वायत्ततामाथि हस्तक्षेप गर्छ, यसले दुरी मात्रै बढ्छ, यस्तै रह्यो भने एकले अर्कोलाई सहयोग नहुने अवस्था पनि आउन सक्छ ।’

dirghayi clinic

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले केही दिन अघि दोधारा चाँदनी नगरपालिकाले सामुदायिक वनमा छाडा पशु चौपाया व्यवस्थापन गर्न थालेपछि त्यसलाई रोक्न पत्र पठाएको थियो । निकुञ्जले सामुदायिक वनको विधान र कार्य योजना विपरितका कार्य नरोकिए कानुनी कारवाही गर्ने चेतावनी दिएको थियो ।

दोधारा चाँदनी मेयर लिम्बुले निकुञ्जको पत्रपछि फेसबुकमा शुक्लाफाँटा निकुञ्ज स्थानीयका लागि वरदान कि अभिश्राप भनेर असन्तुष्टि पोखेका थिए । निकुञ्जले यस अघि पनि झोलुङ्गे पुल कुतियाकवर सडक निर्माणमा अवरोध गरेको थियो ।

मेयर लिम्बुले निकुञ्जको अवरोधका कारण दोधारा चाँदनीका विकास निर्माण कार्य गर्न सकिने अवस्था नभएको उल्लेख गर्दै महाकाली नदीको चार लेनको पुलको पहुँच मार्गका तीन रुख काट्न अप्ठेरो परेको बताए । ‘ती तीन रुख काट्न कति लड्न प¥यो, अहिले एक महिना भयो, बल्ल मन्त्रीपरिषद्बाट निर्णय भएको छ’ उनले भने,‘जनतालाई दुःख दिने कानुन बनाउनु हुँदैन ।’

Himal dental
सम्बन्धित
Loading...