दोधारा चाँदनीका उप मेयरले दिइन् अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर ह्विल चेयर

दोधारा । दोधारा चाँदनी नगरपालिकाका उप मेयर गंगा जोशीले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर ह्विल चेयर दिएकी छन् । दोधारा चाँदनी नगरपालिका ३ जामुनाघारीका पदम सिंह सुनारलाई एक थान ह्विल चियर दिइएको हो ।

पक्षघात भएपछि हिँडडुल गर्न नसक्ने अवस्थाका सुनारको शारीरिक अवस्था थाहा पाएपछि उप मेयर जोशीले उनलाई ह्विल चेयर दिएको दोधारा चाँदनी नगरपालिका वडा सदस्य तथा न्यायिक समितिका सदस्य कमला उपाध्यायले बताइन् ।

deepak

यस्तै दोधारा चाँदनी नगरपालिका वडा नं. ८ गिरी टोलका प्यारालाईस भएको कारण उनी हिँडडुल गर्न नसक्ने रण बहादुर थापालाई समेत एक थान ह्विल चियर प्रदान गरिएको छ् ।

ह्विल चियर हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका उप मेयर जोशी, वडा नं. ७ का वडा सदस्य तथा न्यायिक समितिका सदस्य उपाध्याय लगायत पदम बहादुर सुनार र उनका घर परिवार तथा स्थानीय सहभागी भएका छन् ।

कमजोर अवस्थाका सुनारलाई ह्विल चियर दिएर सहयोग गरेको भन्दै सुनारका परिवारले धन्यवा दिएको छ । दोधारा चाँदनी नगरपालिकाका उप मेयर जोशीले भौतिक विकाससंगै मानवीय क्षेत्रको विकासमा हातेमालो र सहकार्य गर्दै जाने बताइन् । ‘नगर क्षेत्रमा पिडामा रहेका जनताको सहयोग गर्नु स्थानिय सरकारको दायित्व हो’ उनले भनिन् ।

 

सम्बन्धित
Loading...