युवामैत्री स्थानीय शासन सम्बन्धि तालिममा ३५ बुँदे घोषणापत्र जारी, मेयर लख्खाभाईलाई बुझाइयो

बैतडी । दशथर चन्द नगरपालिका सञ्चालन गरिएको युवा तथा किशोर–किशोरीमत्रै स्थानीय शासन सम्बन्धि तीन दिने तालिम ३५ बुँदे घोषणपत्र बुझाउँदै सकिएको छ ।

तालिममा सहभागी सबै क्षेत्रका युवाले छलफल गरी ३५ बुँदे घोषणा पत्र बनाएर दरशथचन्द नगरपालिका मेयर पुस्करराज जोशी (लख्खाभाई) लाई बुझाइएको छ ।

तालिममा युवाले युवा तथा किशोर–किशोरीमैत्री स्थानीय शासन प्रवद्र्धन कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण दिइएको छ । तालिमका लागि प्रत्येक प्रदेशबाट एउटा स्थानीय तह छनौट गर्ने कार्यक्रम वमोजिम सुदूरपश्चिम प्रदेशबाट दशरथचन्द नगरपालिका छनोट भएको थियो ।

युवा मैत्री स्थानीय शासनको आवश्यकता र यसले समग्र विकासमा पार्ने सकारात्मक प्रभावलाई मध्यनजर गर्दै दशरथचन्द नगरपालिकाकोे संयोजन,राष्ट्रिय युवा परिषद्, जागृति बाल तथा युवा सरोकार नेपाल, युएनडिपि र युनिसेफ नेपालको संयुक्त प्रयासमा युवामैत्री स्थानीय शासन अभियानलाई ठोस रुप दिन साझेदारी भईरहेको छ ।

दशरथचन्द नगरपालिकामा आयोजना भएको तालिमको उद्घाटन र समापन कार्यक्रममा दशरथचन्द नगरपालिकाका मेयर पुस्करराज जोशी (लख्खाभाई), प्रमुख प्रशासकीय अधिकृत विक्रम बहादुर चन्द लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो भने तालिममा कार्यपालिका सदस्य, वडा अध्यक्ष, विषयगत समिति, सवालगत संरचना, अपाङ्गता, किशोरी, युवा उद्यमी, कृषक, नीजि क्षेत्र, नागरिक संघ संस्था, बाल क्लबका पूर्व सदस्य, पत्रकार, युवा, अधिकारकर्र्मी लगायतका सरोकारवाला सहभागी भएका छन् ।

यस अन्तर्गत विभिन्न्न सरोकारवालाहरुको संलग्नतामा युवामैत्री स्थानीय शासन दिग्दर्शन, २०७५ को परिमार्जन र युवामैत्री स्थानीय शासन क्षमता विकास निर्देशिका तयार गरिएको छ ।

युवामैत्री स्थानीय शासनको प्रवद्र्धनको पहिलो चरणमा देशका सातै प्रदेशका एक एक स्थानीय तहको छनौट गरीसम्वन्धित स्थानीय तहका जनप्रतिनिधी, कर्मचारी तथा युवाका सवालमाप्रमुख सरोकारवालाहरुको लागी युवामैत्री स्थानीय शासनसँग सम्वन्धि क्षमता अभिवृद्धि तालिम दिइएको हो ।

कार्यक्रमको समापन सत्रमा बोल्दै दशरथचन्द गनरपालिकाका मेयर पुस्करराज जोशी (लख्खाभाई) ले युवाहरुको समग्र विकास तथा युवामैत्री स्थानीय शासन प्रवद्र्धनका लागि नगरपालिकाले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विक्रम बहादुर चन्दले पनि युवा देशको मूल शक्ति भएकाले हरेक कार्यक्रममा युवा परिचालन अनिवार्य रहेको बताए । युवाको क्षमता विकासका लागि यस तालिमले पनि महत्वपुर्ण भुमिका निर्वाह गर्ने उनको भनाई थियो ।

दशरथचन्द नगरपालिकामायुवामैत्री स्थानीय शासनको अवलम्वन, कार्यान्वयन, घोषणा र दिगोपनामा योगदान दिनका लागि गाँउपालिकाका सरोकारवालाहरुबाट युवामैत्री स्थानीय शासन सहयोग समितिको निमार्ण गरी स्वयमसेवी रुपमा युवामैत्री स्थानीय शासन प्रबद्र्धनका लागी योगदान गर्ने आधार निमार्ण गरिएको छ ।

कार्यक्रममा उपस्थित सहभागीले दशरथचन्द नगरपालिकालाई युवामैत्री स्थानीय तहका रुपमा अवलम्वन, कार्यान्वयन र घोषणा गर्नका लागि कार्य योजना तयारगर्दै सबै सहभागीहरुले आ आफ्नो व्यक्तिगत र संस्थागत रुपमा योगदान पुर्याउदै युवामैत्री दशरचथन्द नगरपालिकाका लागि घोषणापत्र सार्वजनिक गर्दै घोषणा पत्रमा उल्लेख बुँदाहरु कार्यन्वयनका लागी सबै क्षेत्रका सरोकारवालाबाट सहयोगको लागि अपेक्षा गरेको छन् ।

Sisu
सम्बन्धित
Loading...