ghar sansar

दोधारा चाँदनीमा मानव बेचबिखन नियन्त्रणका लागि उप मेयरलाई बुझाइयो ज्ञापन

दोधारा । मानव बेचबिखन नियन्त्रणका लागि गठन गरिएका सुरक्षित सञ्जालले दोधारा चाँदनी नगरपालिकाका उप मेयर गंगा देबी जोशीलाई ज्ञापन पत्र बझाएको छ ।

दोधारा चाँदनी नगरपालिका कार्यालयको उपमेयरको कक्षमा पुगेर सुरक्षित सञ्जालको एक टोलीले ज्ञापन पत्र बुझाएको सुरक्षित संजाल दोधारा चाँदनीका संयोजक खिमा चन्दले जानकारी दिएका छन् ।

mantra hos123

दोधारा चाँदनी नगरपालिका भारत संग जोडिएको खुला सीमा रहेको र दलालहरुले खुला सीमाका कारण सहजै उम्कन सक्ने अवस्था रहेको हुँदा सबै सरोकारवाला मानव बेचबिखन तथा ओसार पसार विरुद्ध एक जुट हुनु पर्ने बताईएको छ ।

विगतका दिनहरुमा माईती नेपाल कञ्चनपुरले मानव बेचबिखन क्षेत्रमा उल्लेखनिय कार्य गर्दै आएको बताउँदै यसलाई अझ सशक्त बनाउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको सुरक्षित संजालका संयोजक खिमा चन्दले बताइन् ।

उनले यस वर्ष दोधारा चाँदनी नगर क्षेत्रको ग्रामिण भेगमा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध विभिन्न खाले जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने योजना समेत रहेको हुँदा दोधारा चाँदनी नगरपालिका कार्यालय, स्थानीय प्रशासनसंग सहकार्य गरी अघि बढ्ने बताइन् ।

दोधारा चाँदनी नगरपालिकाका उप मेयर जोशीले मानव बेचबिखन तथा ओसारपसार रोक्न स्थानीय सरकारको आफ्नै दायित्व भएकोले यस्ता कार्यमा आफू र नगरपालिका कार्यालयको सहयोग जहिले पनि रहने बताइन् ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकामा उपमेयर गंगा देबी जोशी, सुरक्षित संजाल दोधारा चाँदनीका संयोजक खिमा चन्द, कोषाध्यक्ष लक्ष्मी चन्द, सदस्य माया देबी पुन, दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का वडा सदस्य तथा न्यायपालिकाका सदस्य कमला उपाध्याय, वडा नं. ५ का वडा सदस्य तथा न्यायपालिकाका सदस्य सिता देबी बिष्ट लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...