महेन्द्रनगर । बैतडीमा जंगली विषालु च्याउ खाँदा मंगलबार बैतडीमा एकै घरका ५ जना बिरामी भएका छन् ।
मेलौली नगरपालिका–५ खलीगाडका १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, ८ वर्षीया सोनीया जोशी र ४ वर्षीया दिव्या जोशी विरामी भएका छन् ।
उनीहरु सबैलाई उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको छ । बरामी भएका उनीहरूको अवस्था सुधार हुँदै गएको स्वास्थ्य केन्द्रका निमित्त प्रमुख मुकेश दयालले बताए । जंगलबाट मंगलबार बिहान टिपेर ल्याएको च्याउ उनीहरू सबैले घरमै पकाएर आएका थिए।
च्याउ खाएको केहीबेरपछि सबै जनाले बान्ता गर्न थालेपछि अपरान्ह ५ बजे स्वास्थ्य केन्द्र लगिएको थियो। उनीहरूको अवस्था खतरामुक्त रहेकोले बाहिर रेफर गर्न नपर्ने दयालको भनाइ छ।