ghar sansar

अघिल्लो चुनावमा गुमेको साख फर्काएर बाहिरिए मल्ल

khasi

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष जङ्ग बहादुर मल्लले १७ औं कार्यकारिणी समितिको शपथ तथा पदस्थापन कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा १६ औं कार्य समिति निर्वाचनलाई सम्झिए । उनले भने, ‘त्यो निर्वाचनमा म एक्लै निर्वाजित भएको थिए । मलाई संघको माया छ, दृढ छु ।’

चार वर्ष अघि २०७६ मा संघको १६ औं कार्यकारिणी समितिको निर्वाचनमा निवर्तमान अध्यक्ष मल्ल नेतृत्वको प्यानल पदाधिकारी र सदस्य सबैमा पराजित भएको थियो । बाणिज्य संघमा सदस्य हुँदै पदाधिकारी भएर अध्यक्ष लडेका उनी सञ्जीवचन्द्र भट्टलाई पराजित गरी निर्वाचित भएका थिए । भट्ट नेतृत्वको प्यानलका प्यानललाई संघका पूर्व अध्यक्ष गणेश दत्त जोशीको साथ थियो । संघको विधानको व्यवस्थाका कारण जोशीले उम्मेदवार हुन नसक्ने अवस्था आएपछि भट्टलाई उम्मेदवार बनाइएको थियो ।

Anant bahu travels

संघको १६ र्औं कार्यकारिणी समितिको निर्वाचनमा एक्लै निर्वाचित मल्ल आफ्नो प्यानल बाणिज्य संघ निर्वाचित गरी नेतृत्वबाट बाहिरिएका छन् । १७ औं कार्यकारिणी समितिको निर्वाचनमा अध्यक्ष सहित पदाधिकारी र सदस्य सबै मल्ल प्यानलका निर्वाचित भएका हुन् ।

अघिल्लो निर्वाचनमा जोशी प्यानलबाट वरिष्ठ उपाध्यक्ष भएका पिताम्बर जोशीलाई आफ्नो प्यानलमा ल्याएर मल्लले आफ्नो दबदबा कायम राखेका छन् । अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्षमा सघाउने जोशीलाई पराजित गरी पिताम्बर अध्यक्ष भएका छन् ।

संघमा एक्लै निर्वाचित भएपछि अल्पमतमा परेका मल्लले कुटनीति प्रयोग गरी जोशी प्यानलका निर्वाचित पदाधिकारी र सदस्यलाई समेत आफूतिर तानेका छन् । जोशी प्यानलबाट चुनाव लडेका निवर्तमान वरिष्ठ उपाध्यक्ष सहितका केही पदाधिकारी यस पटक मल्ल प्यानलबाट चुनाव लडेका छन् । मल्लले संघको मनोनित कोटामा निर्वाचन गरी जोशी प्यानलमा विभाजन ल्याएका हुन् ।

dirghayi clinic

संघको विधान अनुसार मनोनित कोटामा पनि निर्वाचन भएपछि जोशी प्यानल संघभित्र कमजोर बन्न थालेको थियो । मल्लले निर्वाचन गरी आफ्ना समर्थकलाई मनोनित कोटामा ल्याएका थिए । पदाधिकारी र सदस्यको बहुमत भएर पनि चुनावमा आश्वासन दिएका व्यक्तिलाई मनोनित गर्न नसकेपछि जोशी प्यानलभित्र आन्तरिक असन्तुष्टि बढेको थियो ।

‘जङ्ग बहादुर मल्ल खासमा जङ्ग बहादुर नै हो, कुटनीतिको माहिर हुनु हुँदो रहेछ, आफू एक जना हुँदा पनि त्यस्तो कुटनीति अपनाएर संघमा आफ्नो वर्चश्व कायम राखि दिए’ बाणिज्य संघका एक पूर्व पदाधिकारीले भने,‘सबैको हातबाट यो काम हुन सक्दैन । अहिले पनि संघमा आफ्नो दबदबाव छाडेर बाहिरिएका छन् ।’

उद्योग बाणिज्य संघमा दुई पटक सदस्य भएका उनी सचिव, महासचिव, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष भएका हुन् । शपथ ग्रहण कार्यक्रममा पनि उनले संघमा आफूले निर्वाह गरेका भूमिका जानकारी गराएका छन् । उनले दोस्रो पटक सदस्य हुने चाहना नभए पनि सबैको अग्रजको सल्लाह मानेको उल्लेख गरे ।

‘म संघमा दुई पटक सदस्य भए, एक पटक भई सकेपछि दोस्रो पटक पदाधिकारी हुनु पर्ने थियो, तर पनि सदस्य नै भए’ उनले भने,‘सबै अग्रजले भनेपछि म सदस्य भए ।’

निवर्तमान अध्यक्ष मल्लले कोरोना महामारी संक्रमणका कारण आफूले सोचे अनुसार काम गर्न नसकेको उल्लेख गर्दै उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकारलाई आग्रह गरे ।

महामारीमा भारबाट घर फर्किएकालाई सीमा नाकामा खाना खुवाउने र घर पुगाउन सवारी साधनको व्यवस्था गर्नेसम्मका काममा उनी आफैं खटिएका थिए ।

भीमदत्त नगरपालिकालाई कोराना संक्रमणका कारण व्यापार व्यवस्था अप्ठेरो अवस्थामा पुगेकाले कर मिनाहाका लागि आग्रह गरे । कर मिनाहाका लागि सरकारले ठोस नीति बनाउनु पर्ने निवर्तमान अध्यक्ष मल्लको माग थियो ।

उद्यमी व्यवसायीले निकासी गर्दा विभिन्न अल्झन खेप्नु पर्ने भएकाले त्यसलाई समाधानका लागि सरकारलाई आग्रह गरे । कार्यक्रममा निवर्तमान अध्यक्ष मल्लले अध्यक्ष जोशीलाई पद तथा गोपनियताको शपथ खुवाएका छन् ।

Himal dental
सम्बन्धित
Loading...