ghar sansar

पत्रकारले स्रोतको गोपनियता राख्न नसक्दा सशस्त्र प्रहरी हवल्दारलाइ जेल सजाय

khasi

महेन्द्रनगर । पेन्सन आउने बेला सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार नरेश सिंह साहु जेल पुगेका छन् । दार्चुलाको महाकाली नगरपालिका–२ मुल्ला घर भएका साहु ४४ नम्बर गण मुख्यालय खलंगाभित्रको रासनभत्ता प्रकरणलाई मिडियामा ल्याउँदा जेल पुगेका छन् ।

२०६० वैशाखदेखि सशस्त्र प्रहरीमा कार्यरत उनी एक वर्षपछि पेन्सन जाने तयारीमा थिए । उनि एक वर्षदेखि दार्चुलामा थिए । उनले पर्वत दरबन्दी भए पनि घर व्यवहार मिलाउनुपर्ने भएकाले दार्चुलामा काज मिलाएका थिए ।

Anant bahu travels
dirghayi clinic

स्थानीय निर्वाचनको बेला नौगाड गाउँपालिकाका निर्वाचन अधिकृतको अंगरक्षक भएर खटिएका नरेशले गाउँपालिका केन्द्रमा भेटिएका एक जना स्थानीय पत्रकारसँग सशस्त्र प्रहरी भित्रको बेथितिबारे प्रसंगवश कुरा कोट्याएका थिए । सशस्त्र प्रहरी भित्रको बेथिति उजागर भएपछि केही सुधार हुने आशमा रहेका नरेश अहिले उल्टै सशस्त्रको फन्दामा परेका छन् ।

विश्वासमा उपलब्ध गराएको दैनिक हाजिरी विवरणबारे पत्रकारले नै सशस्त्र प्रहरीलाई सघाउ पुग्ने गरी लिखित बयान गरिदिएपछि नरेशका लागि यो प्रकरण प्रत्युत्पादक भएको छ ।

जेठ ३० गते नरेशलाई दार्चुलाबाट धनगढीको अत्तरियास्थित बाहिनी हुँदै सशस्त्रको हेडक्वार्टर हल्चोक पु¥याइ जेल पठाइएको छ । नरेशका एक छोरा र एक छोरी छन् ।

दाइको मृत्यु भएपछि तिनका ३ सन्तानको पालनपोषण पनि नरेशले नै गर्दै आएका छन् । जागिरले घर परिवार पाल्दै आएका नरेशलाई जन्मकैदको माग दाबी सहित मुद्दा चलाइएको छ । पेन्सन आउनेबेला जन्मकैदको मुद्दा लागेपछि घर परिवारलाई संकट परेको उनकी श्रीमती दुर्गाले बताइन् ।

Himal dental
सम्बन्धित
Loading...