ghar sansar

कञ्चनपुरमा बिहीबार ३९ जनामा कोरोना संक्रमण

महेन्द्रनगर । कञ्चनपुरमा आज (बिहीबार) ३९ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । पश्चिमी सीमा नाका गडडाचौकीमा ११ जना, भीमदत्त नगरपालिका मा १४ जना, बेलौरी नगरपालिकामा ११ जना, शुक्लाफाँटामा ३ जना, पुर्नवासमा १ जना र कृष्णपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

daimond public

आज ४ सय ३० जनामा एन्टिजिन परिक्षण गरिएकोमा ३९ जनामा पोजेटिभ देखिएको हो । आज ७ जनाले कोरोना जितेर घर फर्किएका छन भने, अहिले सम्म कोरोनालाई जित्नेको संख्या ४ हजार ५ सय ५८ पुगेको छ ।

lotus institite

जिल्लामा अहिले सम्म एन्टिजिन परिक्षणबाट ४ हजार ७ सय ३२ र हेल्थ डेस्क गडडाचौकी नाकामा एन्टिजिन परिक्षणबाट २ हजार ५ सय २८ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या ८७ जना रहेको छ भने अहिले सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २सय ११ रहेको छ ।

Himal dental
सम्बन्धित
Loading...