महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरका पूर्व वरिष्ठ उपाध्यक्ष निरञ्जन प्रसाद भट्ट आगामी भदौ २४ गते हुन संघको १४ कार्यकारिणी समितिको निर्वाचनमा अध्यक्षमा चुनाव लड्ने भएका छन् । अघिललो निर्वाचनमा झिनो मत अन्तरले पराजित भट्टले अहिलेदेखि संघका पूर्व अध्यक्ष सहित व्यवसायीसित भेटघाट तीव्र बनाएका छन् ।
संघमा सदस्य हुँदै वरिष्ठ भएका उनी २०५२ देखि निर्माण व्यवसायमा सक्रिय छन् । वरिष्ठ उपाध्यक्ष हुँदा भट्टले जिल्लाको दररेट सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी हक्की र प्रष्ट वक्ता निर्माण व्यवसायीका परिचित छन् ।
सुदूरपश्चिम प्रदेशमा त्कृष्ट निर्माण कार्यका लागि उनी विभिन्न सरकारी तथा गैर सरकारी निकायबाट सम्मानित भइ सकेका छन् । भट्टले भवन, सडक, सिँचाई लगायतका निर्माण कार्य गरेका छन् ।
भट्टले अध्यक्षमा निर्वाचित भएमा निर्माण व्यवसायीको हितमा कार्य गर्ने र कुनै पनि निर्माण व्यवसायीलाई धरासायी हुनबाट बचाउने बताए । उनले भने, ‘विगतमा पनि मैले काम गरेको अनुभव छ, निर्माण व्यवसायीको बृहत्तर हितमा काम गर्नेछु ।’