ghar sansar

वादी समुदायलाई आत्मनिर्भर बनाउन छलफल

पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनी नगरपालिकाका वादी समुदायलाई आत्मनिर्भर बनाउन छलफल गरिएको छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र वादी घर परिवारबीच छलफल गरिएको हो । दोधारा चाँदनी नगरपालिका ३ जगबुडा नदीको पारी भारतसंग जोडिएको सीमा बस्तीमा ७ घर परिवार वादी घर परिवार बस्दै आएका छन् ।

एनएनएसडब्लुएको सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार, दोधारा चाँदनी नगरपालिका ७ का वडा सदस्य तथा न्यायपालिका सदस्य कमला उपाध्याय सहितको टोली वस्तीमा पुगेर छलफल गरिएको छ ।

mahostaw

वादी घर परिवारलाई आत्मनिर्भर बनाउन के गर्नु पर्छ भन्ने उद्देश्यले अध्यनको लागि वादी घर परिवारसंग छलफल चलाईएको एनएनएसडब्लुए सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताए ।

गाउँ वस्तीमा गएर मागेर खाने गर्दै आएका छन् भने कसैले भारतमा गएर ज्यालामजुरी गरी घर परिवार चलाउँदै आएका छन् । भारतमा मजदुरी गरी घर परिवार धेरै जोखिममा पर्ने गरेको वादी परिवारले बताए ।

गाउँ, टोलमा सानो भए पनि रोजगारी पाउन सके भारत जाने र बस्तीमा मागेर खाने समस्या हट्ने स्थानीय रेशम बादीले बताए ।

‘हामीले यहि नै सानो भएपनि काम पाउन पाए गाउँ, टोलमा मागी खाने र भारतमा जोखिम रहेर काम गर्ने समस्या हट्ने थियो’ रेशम बादीले भने, ‘नेपाल सरकारले सानै भएपनि रोजगारीको ब्यवस्था गरिदिएको भए हाम्रो सदाको लागी पिडा सकिन्ने थियो ।’

वर्षातमा त्रिपाल मुनी बस्दै आएका बादी घरपरिवारलाई बिगतका दिनहरुमा दोधारा चा“दनी नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), माईती नेपाल कञ्चनपुर, स्थानियहरुले ब्यक्तीगतरुपमा सहयोग गर्दै आएका हुन् ।

आफुहरुको पुर्खौली पेशाको रुपमा रहेको मादल बनाउने, हसिया, भाडा कुडा बनाउने लगाएत कार्यमा थोरै भएपनि स्थानिय सरकार तथा गैर सरकारी संस्थाले आर्थिक सहयोग गरिदिएमा आफ्नो आफ्नो गुजारा राम्रै चल्ने बादी बस्तीका अगुवा बिरभाने बादीले बताएका छन् ।

वादी घरपरिवारहरुले दैनिकी सञ्चालन गर्न निकै सकस रहेको बताउँदै परियोजनाका कार्यक्रम संयोजक सुनारले थोरै लगानी लगाएर भए पनि उनीहरुको पुख्र्यौली पेशालाई व्यवसायिकमा जोड्न पहल गर्ने बताए ।

उनीहरुले जानेका सीपलाई व्यवसायी बनाएर आर्थिक उन्नतितर्फ लग्न सके वादी घरमा उज्यालो ल्याउन सकिने अवस्था रहेको सुनारले बताए ।

वादी घर परिवारलाई आत्मनिर्भर बनाउन के गर्न सकिन्छ भन्ने बिषयमा छलफल चलाईएको हो । उनीहरुमा भएका सीप तथा कलालाई व्यवसायिक बनाएर आत्मनिर्भर बनाउन सकिने परियोजनाका कार्यक्रम संयोजक सुनारले बताएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...