ghar sansar

टनेलमा तरकारी खेती, आम्दानी बढ्ने किसानको आश

महेन्द्रनगर । पुनर्वास नगरपालिका ११ राम जानकी टोलकी रिना चौधरीले घर अगाडि प्लाष्टिटको घर बनाएकी छन् । यसलाई पोलिहाउस भनिन्छ । त्यसभित्र खनजोत गरिएको छ । केही दिनपछि उनी त्यसमा रायो लगाउने छिन् । त्यसका लागि अर्को ठाउँमा बेर्ना लगाई सकेकी छन् । पहिलो पटक पोहिाउसभित्र तरकारी खेती लगाउन लागेकी उनी भन्छिन्, ‘अहिलेसम्म खुलामै तरकारी खेती ग¥यौ, यस पटक यसभित्र लगाई रहेका छौ, बेमौसममा पनि बेच्न सकिन्छ, अहिले टमाटर लगाएपछि फेरि अर्को पनि लगाउन सकिन्छ ।’

चौधरीलाई तरकारी खेतीमा चौधरीले श्रीमानको करनको साथ पाएका छन् । चौधरी दम्पत्तिले वर्षौैदेखि तरकारी खेती गरी घर परिवारको जीविका चलाउँदै आएका छन् । ‘१०÷१५ सालदेखि तरकारी लगाउँदै आएका छौ, ९÷१० कट्टामा तरकारी लगाउँछौ’ उनी भन्छन्,‘तरकारी बेचेर नै घर खर्च चलेको छ, केटाकेटीले पढाएका छौ, लत्ता कपडा, नुन तेल सबै चलेको छ ।’

ratnam malkhad

वर्षौदेखि तरकारी खेती गर्दै आएका टोलका २० परिवार यस वर्षदेखि नयाँ प्रविधि अर्थात पोलिहाउसभित्र तरकारी खेती गर्न लागेका छन् । अहिले उनीहरु सबैले आफ्नो जग्गामा पोलिहास बनाएर तरकारी बेर्ना उमार्न थालि सकेका छन् । केही दिनपछि उनीहरु पोलिहाउसभित्र तरकारी खेती लगाउने तयारी गरि रहेका छन् ।

पुनर्वास नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपि) को साझेदारीमा स्वीट नेपालले सञ्चालन गरेको एकीकृत जीविकोपार्जन पहलद्वारा कोभिड १९ पुनः प्राप्ति परियोजनाको सहयोगमा उनीहरु पोलिहाउसभित्र तरकारी खेती गर्न लागेका हुन् । तरकारी खेतीका पोलि हाउस निर्माण, तरकारीको बिउ, कृषि सामाग्री सबै परियोजना अन्र्तगत किसानलाई सहयोग गरिएको छ ।

पुनर्वास नगरपालिका ११ वडामध्ये ६ वडामा परियोजना सञ्चानलमा आएको छ । किसानको आर्थिक आम्दानी बढाउन आधुनिक तरीकाबाट तरकारी खेतीका लागि सहयोग गरिएको हो । डोकेबजारसित जोडिएको यस वस्तीमा तरकारी खेतीका लागि सहयोग पाउनेमा अधिकाँश महिला छन् । चौधरी समुदायको मात्रै बसाबोस भएको टोलमा अधिकाँश महिलाले तरकारी खेतीका लागि सहयोग पाएका छन् । टोलमा डेढ सय बढी चौधरी समुदायका घर परिवार छन् ।

पाँचदेखि एक बिगाहासम्म जमिन भएका वासिन्दाले वर्षौैदेखि तरकारी खेती गर्दै आएका छन् । ‘सबैसित जमिन छ, हामी त यहाँ पहिला देखि नै तरकारी खेती गर्दैै आएका छौ’ स्थानीय भोजराज चौधरीले भने,‘तरकारी धनगढी गएर बेच्छौ ।’

यस पटक पहिलो पोलिहाउसभित्र तरकारी खेती गर्दा पहिलाको तुलनामा बेमौसममा पनि तरकारी बचेर आम्दानी बढाउन नसकिने आशा चौधरीले राखेका छन् । ‘यसभित्र त बेमौसममा पनि तरकारी लगाएर बेच्न सकिन्छ, यसबाट आम्दानी पनि बढ्छ’ उनी भन्छन् ।

स्थानीयले अहिलेसम्म तरकारी खेतीबाट सिजनामा डेढसम्म कमाउने गरेका छन् । कैलालीको धनगढी बजारसम्म पुगाएर उनीहरु तरकारी बिक्री गर्दै आएका छन् । डोकेबजार हुँदै धनगढी तरकारी लैजाँदा त्रिनगर भन्सारमा समस्या पर्ने गरेको उनीहरु सुनाउँछन् ।

‘कहिलेकाँही त समस्या पर्छ, अनुहार हेरेर पनि भारतबाट ल्याएको हो भन्छन्, नागरिकता देखाउन भन्छन्’ स्थानीय लक्ष्मण चौधरीले भने,‘बोल्दा पनि नेपाली राम्ररी आउँदैन, के गर्ने, यो बाहेक अरु समस्या छैन, बजार पनि छ, घर खर्च चलाउन पनि पुगेको छ ।’

हिउँदमा मोहना नदीमा पानी सतह घटेपछि उनीहरु काठको पुल बनाएर सिधै धनगढी बजार तरकारी लिएर आउने गरेका छन् । ‘अब पोलि हाउसभित्र तरकारी लगाएर बेसिजनमा पनि बेच्न पाइन्छ, भाउ पनि राम्रो नै पाइन्छ’ स्थानीय चौधरी भन्छन् ।

पशुपति शिक्षा मन्दिरका प्रधानाध्यापक चौधरी शिक्षण पेशासंगै तरकारी खेतीमा पनि संलग्न छन् । उनले मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम अन्र्तगत पोलिहाउस बनाएर तरकारी खेती गरेका छन् । कार्यक्रम अन्र्तगत ८० प्रतिशत अनुदान पाएर पोलिहाउस बनाएको उनी बताउँछन् ।

‘मैले ८० प्रतिशत अनुदान पाउँदा पनि २५ हजार रकम तिरे, सबैसित यो रकम हुँदैन,’ उनले भने,‘त्यस कारण किसानलाई पूर्ण रुपमा अनुदान दिनु पर्छ, नत्र गरीब किसानले सेवा पाउन सक्दैन ।’

अहिले परियोजना बाहेक केही वर्ष अघि मात्रै स्थानीयले युएसडबाट सहयोग पाएका थिए । अहिले नगरपालिकाको साझेदारीमा सञ्चालित परियोजना बाहेक अन्य सरकारी निकायबाट सहयोथ नपाएको उनीहरु बताउँछन् ।

‘एक पटक संस्थाबाटै सहयोग पाएका थियौ, त्यसपछि केही मिलेन’ स्थानीय करन चौधरीले भने,‘सहयोग पाए त केही त फाइदा नै हुन्थ्यो ।’

प्राविधिकले किसानलाई तालिम दिएपछि सामाग्री प्रदान गरेपछि पोलिहाउस बनाएर तरकारी खेती गर्न लागिएको छ । स्वीट नेपालका संयोजक अमित सुनार फिल्डमा तालिम दिएपछि पोलिहाउस निर्माण गरी तरकारी खेती गरिने बताए ।
‘प्राविधिकले किसानलाई फिल्डमा तालिम दिन्छन्, त्यसपछि पोलिहाउस बनाइन्छ, त्यसपछि मात्रै तरकारी लगाउने हो’ उनले भने,‘त्यसका लागि संस्था र नगरपालिकाका प्राविधिक खटिएका छन् ।’

पुनर्वास नगरपालिका ११ वडामध्ये ६ वडामा परियोजान सञ्चालनमा छ । परियोजना अन्र्तगत नगरपालिकाका २ सय ७५ किसानलाई सहयोग गर्ने संस्थाका अध्यक्ष अमित तिरुवाले बताए । ‘यस परियोजना अन्र्तगत २ सय ७५ किसानलाई सहयोग गर्छौ,’ उनले भने,‘यसमा अधिकाँश महिला छन्, महिलाको आर्थिक अवस्था बढाउने भन्ने नै लक्ष्य हो ।’
यस अघि यो कार्यक्रम बेदकोट नगरपालिकाकामा सञ्चालन गरिएको थियो । अहिले सुदूरपश्चिमका पुनर्वास सहित घोडाघोडी नगरपालिका र गन्यापधुरा गाउँपालिकामा सञ्चालनमा छ ।

युएनडीपिका कोमल भट्टले आधुनिक तरीकाले खेती गरी किसानको आम्दानी बढाउने लक्ष्य लिएर स्थानीय सरकारसितको साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको बताए ।

पुनर्वास नगरपालिकाका मेयर तोयप्रसाद शर्माले कार्यक्रमलाई सबै वडामा विस्तारका लागि युएनडीपिसित आग्रह गरेका छन् । ‘यो कार्यक्रम ६ वडामा मात्रै छ, ५ वडामा छैन, सबै वडामा सञ्चालनका लागि सहयोग भए राम्रो हुन्थ्यो’ उनले भने । पुनर्वास नगरपालिकामा ९० प्रतिशत वासिन्दा किसान छन् ।

Himal dental
सम्बन्धित
Loading...