एकता संस्थाको ३० औं वार्षिक साधारण सभा

महेन्द्रनगर । भीमदत्त नगरपालिका २ स्थित एकता संस्थाको ३० औ साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चेतराज भट्टको अध्यक्षता र भीनपा २ का वडा अध्यक्ष उत्तम भट्ट प्रमुखको आतिथ्यमा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष गिरीराज शर्मा सहित पूर्व अध्यक्षहरु लवदेव अवस्थी, सिर्जना रावल, महेश प्रसाद भट्ट लगायतले शुभ कामना मन्तव्य राखे ।

deepak

कार्यक्रममा संस्थाका महासचिव भुवन चौधरीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष भीम भट्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । संस्थाका सचिव माधवप्रसाद भट्टले कार्यक्रममा सञ्चालन गरेका थिए ।

सम्बन्धित
Loading...