ghar sansar

दोधारा चाँदनीमा कुमालले चलाए व्यक्तिगत रुपमा तीन महिने सिलाई कटाई तालिम

khasi

दोधारा । सामाजसेवी भिम कुमालले दोधारा चाँदनी नगरपालिकामा तीन महिने निःशुल्क सिलाई कटाई तालिम सुरु गरेका छन् । दोधारा चाँदनी नगरपालिका ३ आसपासका महिलाका लागि कुमालले व्यक्तिगत लगानीबाट सिलाई कटाई तालिम सञ्चालन गरिएको छ ।

स्थानीय तह निर्वाचनमा दोधारा चाँदनी नगरपालिकाका स्वतन्त्रबाट मेयर चुनाव लडेका उनी यस अघि पनि सामाजिक कार्यमा सक्रिय हुँदै आएका छन् । अहिले कमजोर अवस्थाका महिलाको जीविकोर्पाजनका लागि तालिम सञ्चालन गरिएको छ ।

dirghayi clinic

दुई समूहमा सञचालन गरिएको सिलाई कटाई तालिममा २०÷२० जना महिलाको समूहले तालिममा सहभागी हँुदै आएको सिलाई कटाई तालिमका प्रशिक्षक जानकी सुनारले बताए ।

तालिममा रामकला सुनार र जानकी सुनार प्रशिक्षक छन् । तालिममा सहभागी लक्ष्मी साउँदले तालिममा सहभागी हुन पाएर सीप सिक्ने वातावरण सृजना भएको भन्दै सामाजसेवी कुमाललाई धन्यवाद दिइन् ।

‘सामाजिक कार्य गर्न मलाई निकै रहर भएको हँुदा गाउँ बस्तीमा समस्यामा रहेकालाई केही गरौ भन्ने लाग्छ्’ कुमालले भने, ‘गाउँ बस्तीमा रहेका विपन्न तथा गरीब महिलाहरुको जीविकापार्जनसंग जोड्नका लागि तालिम सञ्चालन गरेका हँु ।’

Himal dental
सम्बन्धित
Loading...