दोधारा चाँदनीमा हटेन छाडा पशु चौपायाको सास्ती, चौपाया धपाउन रातभरि सुत्दैनन् वासिन्दा

पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनीका किसान छाडा चौपायाका कारण सास्ती भोग्दै आएका छन् । खेतमा लगाएको धान तथा मकै बाली छाडा पशु चौपायाले खाएर नष्ट गर्न थालेपछि किसानहरुले सास्ती भोग्दै आएका हुन् । ‘अब त छाडा चौपायाले धेरै दुःख दिन थाले, यिनलाई अर्कै ठाउमा धपाउनु प¥यो’ स्थानीयबासी बिर बहादुर सुनार भन्छन् । बढी जसो रातीको समय छाडा पशु चौपाया खेतवारीमा पसेर बाली नष्ट गर्दै आएको उनको भनाई रहेको छ ।

पछिल्लो समय छाडा चौपायाका कारण किसानहरुले लगाएको खेतीमा मात्रै नभई सार्वजनिक यातायात सञ्चालनमा समेत चुनौती थपिएको छ । छाडा पशु चौपाया धपाउन स्थानीय रातभरी जाग्रम बस्ने गरेको स्थानीय बताउँछन् । ‘गाई गोरुको न्यायोचित व्यवस्थापन भने हुन सकेको छैन्’ स्थानीय भन्छन् ।

janjyoti campus

दोधारा चाँदनी नगरपालिका कार्यालयले बिगत देखि छाडा पशुचौपाया व्यवस्थापनको नाउमा थुपै्र पैसा खर्चे पनि समस्या ज्यु“कोत्यु नै छ । हालै दोधारा चाँदनी नगरपालिका कार्यालयले छाडा पशु चौपाया नियन्त्रणका लागि दोधारा चा“दनी नगरपालिकामा सामुदायिक वनमा काञ्जी खोर निर्माण गरी छाडा पशु चौपाया थुन्ने काम गर्दै आए पनि किसानको समस्या हल भएको छैन । भीमदत्त नगरपालिका र सीमा पारीबाट आउने छाडा चौपायाको बिगबिग बढेर गएको स्थानीय बताउँछन् ।

दुहुनो गाई छउन्जेल घरमा पाल्ने र दूध खाने, दूध दिन छाडेपछि बजारमा छोड्ने परिपाटीले समस्या थपिँदै गएको हो । ‘भर्खरै मल हालेर धान हरियो हुन लागेको थियो । एकै रातमा चौपाया खेतमा रातीको समयमा पसेर उपद्रो मच्चाउँदै आएको छ’ स्थानिय गणेश थापाले भने, ‘किन खेती लगाउँछु जस्तो लागिरहेको छ । कहिले प्राकृतिक प्रकोपले दुःख दिन्छ त कहिले चौपायाले ।’ सोही ठा“उका तमान सिंह गुरुङ्गको समस्या पनि उस्तै छ् ।

वर्षभरिका लागि खान पुग्ने खेत एकै रातमा छाडा चौपायाले सखाप पार्न थालेपछि उनले खेतमा तारजालीले घेरबार गर्न तयारीमा रहेको बताए । ‘घेरवार गरे पनि खेती जोगाउन सकिएला जस्तो देखिन्न्’ तमान सिंह गुरुङ्गले भने, अरुको खेतबाट चौपाया पसेर बाली नष्ट गर्छन् । नेताहरुले छाडा पशु चौपाया ब्यवस्थापन गर्छु भनेर भोट लगे । समस्या उस्ताको उस्तै छ ।’

चुनावी नारा बनाएका उम्मेदवारले चौपाया व्यवस्थापनको लागि ठोस कदम चाल्नु पर्नेमा उनले जोड दिए । नगरपालिकाले दिगो रुपमा व्यवस्थापन नगरेका कारण पशु चौपाया व्यवस्थापन चुनौतीकोरुपमा देखिएको छ । नगर क्षेत्रमा अहिले सात सय बढी छाडा चौपाया रहेको एक अनुमान छ ।

दोधारा चाँदनी नगरपालिकाको अधिकांश वडामा बसोबास गर्ने किसानका लागि छाडा चौपाया बिकराल समस्या बन्दै गएको छ । चौपाया व्यवस्थापनका लागि स्थानीय तहले काम गर्दै आएको भए पनि त्यसको प्रभावकारिता देखिएको छैन् ।

ghar sansar
सम्बन्धित
Loading...