ghar sansar

बेलडाँडी गाउँपालिकाको मुख्य प्रशासकीय भवन नै अतिक्रमित जग्गामा, पूर्व मन्त्री मगरले गरेकी थिइन् उद्घाटन

dirghayu ad

महेन्द्रनगर । ग्रिन बेल्ट अतिक्रमण खाली गरी १५ शैय्याको अस्पताल बनाउने तयारी अघि बढाएको बेलडाँडी गाउँपालिकाको मुख्य प्रशासकीय भवन जग्गा अतिक्रमण गरी बनाइएको छ ।

गाउँपालिकाले अहिले अतिक्रमण हटाउने ३५ दिने सूचना सार्वजनिक गरेको ग्रिनबेल्ट क्षेत्रमा जग्गाको भोगाधिकार नलिई ६ करोड ५१ लाखमा भवन बनाएको हो । गाउँपालिकाका निवर्तमान अध्यक्ष धन बहादुर थापाको कार्यकालमा दुई वर्ष अघि साँसद विना मगरले भवन उद्घाटन गरेकी थिइन् ।

ratnam malkhad

मुख्य प्रशासकीय भवनको स्वामित्व नलिएको गाउँपालिकाले अहिले फेरि जग्गाको टुङ्गो नलागी अस्पतालको ठेक्का प्रक्रिया अघि बढाएपछि जग्गा खोजीमा लागेको छ । गाउँपालिकाका नव निर्वाचित पदाधिकारीले पहिलो कार्यपालिका बैठकबाट अस्पताल बनाउने निर्णय गरेका थिए ।

अस्पताल बनाउने निर्णय गरेको दुई महिनापछि ग्रिन बेल्टको जग्गा अतिक्रमण गरी अस्पताल बनाउन थालिएको हो । त्यसका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीले अतिक्रमण हटाउन ३५ दिने सूचना सार्वजनिक गरेका छन् ।

जग्गाको भोगाधिकार नदिई राजनीतिक दलको सर्बदलीय निर्णयका आधारमा २०७४ पुस ११ मा मुख्य भवनको शिलान्यास गरिएको थियो । गाउँपालिकाका तत्कालिन अध्यक्ष थापाले भवन शिलान्यास गरेका थिए । साढे चार तलाको भवनमा ३२ कोठा छन् । लिफ्ट सहित डिजाइन गरिए पनि अहिलेसम्म जडान गरिएको छैन ।

बेलडाँडी गाउँपालिका २ स्थित ७२ बिगाहा ग्रिन बेल्टमा गाउँपालिका सहित सुरक्षा निकाय, सहकारी, विद्यालय, स्वास्थ्य संस्था अतिक्रमण गरी बसेका छन् । त्यस बाहेक ग्रिन बेल्टमा केही स्थानीय पनि अतिक्रमण गरी बसेका छन् ।

गाउँपालिकाले यस अघि केही संघ संस्था र सहकारीलाई कार्यपालिकाबाट निर्णय गरी सम्झौता गरी भवन बनाउन दिएका छन् । गाउँपालिकाकाको गाउ सभाबाट विगतमा गरिएका सबै निर्णय खारेज गर्ने निर्णय गरिएको छ ।

अस्पतालका लागि अतिक्रमण हटाउने सूचना सार्वजनिक भएपछि गाउँपालिका आफैंले अतिक्रमण गरी बनाएका संरचनामाथि स्थानीयले आक्रोश पोख्न थालेका छन् । ‘गाउँपालिकाले अतिक्रमण गर्न पाउने , हामीले किन नपाउने’ स्थानीयले भने,‘हामी पनि नागरिक हौ, राज्यले बसोबास दिनु पर्छ, हामीलाई हटाउँछन् भने गाउँपालिकाले पनि आफ्ना संरचना हटाउनु पर्छ ।’

बेलडाँडीको ७२ बिगाहा ग्रिनबेल्ट वर्षौदेखि अतिक्रमणको चपेटामा छ । तत्कालिन स्थानीय निकायका पदाधिकारीको कार्यकाल सकिएपछि २०५८ देखि अतिक्रमण हुन थालेको स्थानीय बताउँछन् । त्यस अघि तत्कालिन बेलडाँडी गाविसका अध्यक्षद्वय चन्द्र बहादुर सिह र धन बहादुर थापा दुबैले ग्रिनबेल्ट जोगाएका थिए ।

अहिले ग्रिन बेल्टको अधिकाँश जमिन अतिक्रमण गरी वस्ती बसेको छ । गाउँपालिकाले पहिलो पटक अतिक्रमण हटाउन सार्वजनिक सूचना जारी गरेको हो । गाउँपालिकाको सूचना अनुसार अतिक्रमण खाली गर्न नसकिए अस्पताल निर्माणमा अवरोध आउने चिन्ता बढेको छ ।

Himal dental
सम्बन्धित
Loading...