दोधारा । सामाजिक संजाल फेसबुकमा माया गरेर एक किशोरी दोधारा चाँदनीमा अलपत्र परेका छन् । दैलेख घर भएका वर्ष अन्ताजी २२ का सपना बिष्ट (नाउ परिवर्तन गरिएको) ले दोधारा चाँदनी नगरपालिका वडा नं. ९ बस्ने वर्ष अन्ताजी ४४ का रतन बिष्ट संग सामाजिक संजाल फेसबुकमा माया बसाए ।
सपना निमावि तहको अध्यापन अनुमति पत्रको परीक्षा दिन गत शनिबार नेपालगञ्जमा पुगे । शनिबार परीक्षा दिएर सपना फेसबुकमा माया गरेका रतन बिष्टलाई फोन सम्पर्क भयो । सामाजिक संजाल र फोनमा दिनदिनै सम्पर्कमा बस्दै आएका रतन बिष्ट सपनालाई भेट्न नेपालगञ्जमै पुगे ।
आफुलाई भारीय सेनामा कार्यरत गोरखा सैंनिक भन्दै आएका रतनलाई नेपालगञ्जमा भेटेपछि सपनाको सपना नै भयो । एक वर्ष देखि सामाजिक सञ्जाल र फोनमा माया गर्दैै आएको युवक अपाङ्गता भएक देखेपछि उनको होसनै गुम्यो । उनले माया गर्दै आएको युवकको जुन परिकल्पना गर्दै आएका थिए, त्यो नभई दिएपछि सपनालाई आफ्नो जीवनमा ठूलै आँधी आए सरह भएको बताउँछिन् ।
‘पहिलोे माया हो, भनेर चित्त बुझाए’ सपनाले भनिन् । माया गरेको मान्छेसंग बिहे गर्छु भनेर उनी दुबै जना दोधारा चाँदनी आएको सपनाले बताईन् । घर आउँदा सपनालाई अर्को ठूलो झट्का लाग्यो । रतन बिष्टको घरमा श्रीमती र २ छोरा देखेपछि सपनालाई हुनै सम्म पिर पर्यो ।
उनि भन्छिन्– ‘आफू भारतीय सेनामा कार्यरत गोर्खा सैनिकको जवान भनेर मलाई झुटो बोल्या, अनि अविवाहित भन्यो, अपांगता भएको पनि कहिल्यै भनिन् ।’ आफूलाई झुटो बोलेर प्रेम जालमा फसाएर दोधारा चा“दनी नगरपालिकासम्म ल्याएर अलपत्रै पारेको भन्दै सपनाले जनप्रतिनिधि, माईती नेपाल, नेपाल प्रहरी, अधिकारकर्मीलाई गुहार लगाएको सपनाले बताइन् ।
आज बिहानै नेपाल प्रहरी, माईती नेपाल कञ्नपुरको टोली तथा अधिकारकर्मीहरुले उनलाई उद्धार गरेका थिए । माईती नेपाल कञ्चनपुर अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा गठित सुरक्षित सञ्जालका संयोजक खिमा चन्दले सपनालाई सामाजिक संजालमा झुटो प्रेम गरेर बिहे गर्छु भनि ल्याएको पाईएको बताएका छन् ।
‘सपना अलपत्रै परेको अवस्थामा हामीले उद्धार गरेका हौ’ खिमा चन्दले भनिन्, ‘सपनालाई माईती नेपाल कञ्चनपुरको आवधिक गृहमा पठाएका छौं, उनको परिवारजन जानकारी दिएका छौं ।’
रतन बिष्टलाई प्रहरी नियन्त्रणमा लिएर सपनालाई माईती नेपाल कञ्चनपुरको जिम्मा दिईएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका वरिष्ठ सई महेन्द्र सिंह थापाले जानकारी दिएका छन् ।