अर्थमन्त्रीको पुल शिलान्यास कार्यक्रममा देखिएनन् उनकै पार्टीका जिल्ला इन्चार्ज पूर्व मन्त्री खड्का

Amity

महेन्द्रनगर । भीमदत्त र बेदकोट जोड्न रौटेला खोलाको निर्माण शिलान्यास कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य एवम् पूर्व सामाजिक विकास मन्त्री अनुपस्थित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावलले पुल निर्माण कार्य शिलान्यास गरेका छन् ।

पूर्वाधार विकास कार्यालयले ५ करोड ८२ लाखमा बनाउन लागेको पुलको शिलान्यास कार्यक्रममा मन्त्री रावल सहित बेदकाट नगरपालिका ८ का अध्यक्ष महेशदत्त जोशी, राजनीतिक दलका नेता, कार्यकर्ता र स्थानीय सहभागी भएका छन् । आर्थिक मामिला मन्त्री रावलको पार्टीका पूर्व सामाजिक विकास मन्त्री खड्का कार्यक्रममा अनुपस्थित भएका छन् ।

janjyoti campus

पूर्व मन्त्री खड्का एकीकृत समाजवादीका जिल्ला इन्चार्ज हुन् । समाजवादीका सह जिल्ला इन्चार्ज रावल मन्त्री हुन अघिसम्म खड्का सामाजिक विकास मन्त्री थिए । समाजवादीले तत्कालिन आर्थिक मामिला मन्त्री तारालामा तामाङ्गलाई हटाएर रावललाई मन्त्री बनाएको थियो । समाजवादीका नेता रावलले आफ्नै पार्टीका इन्चार्ज खड्कालाई समेत कार्यक्रममा नबोलाई शिलान्यास गरेका छन् ।

प्रदेश निर्वाचन क्षेत्रका आधारमा बेदकोट ८ अर्थमन्त्री रावलको क्षेत्रमा पर्छ । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका र बेदकोट नगरपालिकाको वडा नं. ८ गरी ३० वडा पर्छन् ।

यो वडामा काँग्रेस केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री रमेश लेखको वडा पनि हो । पूर्व मन्त्री लेखक पनि कार्यक्रममा अनुपस्थित भएका छन् । समाजवादीका जिल्ला इन्चार्ज खड्का आफ्नै गृह नगरमा आफनै पार्टीका मन्त्रीको शिलान्यास कार्यक्रमा समेत सहभागी हुन नसकेका हुन् ।

नेकपा एमाले विभाजन हुन अघि तत्कालिन माधव नेपाल समूहका उनीहरु दुबै जना समाजवादी गएका हुन् । एमालेमा उनीहरु निवर्तमान उपाध्यक्ष भीम रावलका विश्वासिला थिए । उनीहरु दुबै जना रावललाई धोका दिएर समाजवादी गएका हुन् । एमाले नछाडने भन्दै पार्टी कार्यालय आउजाउ बढाएका रावल एकाएक काठमाडौं गएर समाजवादी भएका थिए ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्रका आधारमा कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक प्रकाश भट्ट पनि वडा नं. ८ मा निर्वाचन क्षेत्रमा पर्छ । साँसद भट्ट पनि अहिले जिल्लामा छन् । उनी पुल शिलान्यास हुँदा भीनपा १८ मा स्थानीय तह चुनाव लडेका जयराज पाण्डेयलाई पार्टी प्रवेश गराउने कार्यक्रममा सहभागी भएका थिए ।

एमालेमा आर्थिक मन्त्री रावलले एमाले छाड्न अघि उनीहरु दुबै जना एकै लाइन समूहमा थिए । २०५४ मा एमाले विभाजन हुँदा उनीहरु दुबै जना नेकपा मालेका थिए । २०७४ को आम निर्वाचन साँसद भट्ट प्रतिनिधि सभा सदस्य र अर्थमन्त्री रावल प्रदेश सदस्य लडेका थिए ।

अर्थमन्त्री रावलले पुल शिलान्यास कार्यक्रम हतार गरी शिलान्यास गरिएको भन्दै बुद्धिजीविले असन्तुष्टि व्यक्त गरेका छन् । बुद्धिजीवि खेमलाल घिमिरेले पूर्व आर्थिक मामिला मन्त्री तारालामा तामाङ्गले पुल निर्माणका लागि बजेट हालि दिएको र अहिले अर्थमन्त्री रावलले हतारमा शिलान्यास गरी जश लिन खोजेको भन्दै फेसबुकमा असन्तुष्टि जनाएका छन् ।

ghar sansar
सम्बन्धित
Loading...