ghar sansar

भीमदत्तकी उप मेयर भन्छिन्– महिला जनप्रतिनिधिको पोशाक खरिदलाई अनावश्यक विवादमा तानियो

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले महिला जनप्रतिनिधिका लागि पोशाक किनिएको विषयलाई अनावश्यक रुपमा विवाद गरिएको बताएकी छन् । ‘यो एउटा सानो कुरालाई यति धेरै विवादमा ल्याउनु पर्ने केही छैन,’ उनले भनिन्,‘त्यसको नगरपालिका कार्यालयबाट भुक्तानी पनि भएको छैन ।’

भीमदत्त नगरपालिका मेयर पदम बोगटीले नगर सभामा बोले अनुसार महिला जनप्रतिनिधिका लागि पोशाक किनिएको उप मेयर जोशीले बताइन् ।

‘मेयर सापले नगर सभामा बोलेका हुन्, नगर सभामा एक नाशको पोशाक नआएको हुँदा वहाँले बोल्नु भएको हो,’ उप मेयर जोशीले भनिन्,‘गरीब, दलित महिला थिए, पोशाक किन्न नसकिने नाजुक अवस्था थियो, त्यस कारण मेयर सापले पोशाक किन्न भनेको हो ।’

dirghayi clinic

मेयर बोगटीले नगरपालिका कार्यालयसित पैसा नहुँदा नगर सभामा बोलेपछि आफूले पसलमा गएर अर्डर दिएको उनले बताइन् ।

‘नगरपालिकासित पैसा छैन, अहिले गरि दिनु न, पसलबाट गरि दिनु भन्नु भयो, मेरा जनप्रतिनिधिलाई म गरुला भनेको हो’ उनले भनिन्, ‘बोलेको मेयरले हो, अर्डर गर्ने हुँ ।’

भीमदत्तका मेयर बोगटी भावकु र कसैलाई पनि अप्ठेरोमा परेको देख्न नसक्ने स्वभावका भएको उप मेयर जोशीले बताइन् ।

भीमदत्त नगरपालिकाले खरिदका कुनै पनि प्रक्रिया पूरा नगरी महेन्द्रनगर बजारका महालक्ष्मी इम्पोरियम र सिटी टेलरिङ्गबाट कपडा किनिएको छ । महालक्ष्मीबाट साडी, ब्लाउड र पेटीकोटको कपडा र सिटी टेलरिङ्गबाट कोटको कपडा किनिएको छ । महालक्ष्मीबाट किनेको कपडालाई सिटी टेलरिङ्ग सिलाउन दिइएको छ ।

Himal dental
सम्बन्धित
Loading...