ghar sansar

फेरियो व्यवस्था, फेरिएन वादी समुदायको अवस्था, बडवाल टोलको वादी समुदाय भन्छ–छाक टार्नै धौधौ छ

दोधारा । दोधारा चाँदनी नगरपालिकाको पश्चिम क्षेत्रमा बसोबास गर्ने वादी समुदायका घर परिवार खाना र बस्नको समस्यामा पर्दै आएका छन् । दोधारा चाँदनी नगरपालिका ३ बडवाल टोलका वादी समुदायसंग गाँस, बास र कपासको पुर्ति नहँुदा समस्यामा परेका हुन् ।

दोधारा चाँदनी नगरपालिकामा सरकारले गरीब तथा विपन्न परिवारलाई भनेर आवास कार्यक्रम वितरण गर्दै आए पनि झण्डै ८ घरधुरी बसोबास गर्दै आएको बडवाल टोलका बादी समुदायमा भने त्यसको कुनै असर परेको देखिँदैन । गाँस र कपासको समस्या मात्र नभई बस्नका लागि वर्षा याममा त्रिपाल मुनी रात काट्नु पर्ने हँुदा निकै समस्या हुने गरेको बडवाल टोलका बादी घर परिवारका मुखिया बिरभाने बादीले बताउँछन् ।

mantra hos123

देशमा नयाँ शासन व्यवस्था आए पनि उनीहरु कष्टकर जीवन बिताउन बाध्य छन् । वादी समुदायलाई एक छाक टार्न समेत धौधौ भएका बेला सरकारले आवासको मात्रै भए पनि व्यवस्था व्यवस्था गरि दिए आफुहरुलाई निक्कै राहत हुने उनीहरुको भनाई छ ।

गैर सरकारी संस्था नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले दिएको त्रिपालको सहारामा दिन काट्दै आएको बादी घरपरिवारका मुखिया बिरभाने बादीले दुखेसो पोखे । ‘त्रिपालको सहारामा दिन काट्दै आएका छौं, छानो बनाएको त्रिपाल रातीको समयमा नानीहरुलाई आकाशको पानीबाट जोगाउनै रात बित्छ् ।’

बादी परिवारको अर्का बादी रेशम बादीले भने । राम्रो बासस्थान नभएको कारण अहिलेको वर्षात कसरी काट्ने हो भन्ने उनिहरुमा चिन्ता छाएको छ् । ‘सिजनमा माछा मार्ने, मादल मोर्ने र सिजन नहुदा अर्काको मजदुरी गरेर साँझ–बिहानको छाक टार्ने गर्छौ’ रेशम बादीले भने ।

हावा संग आएको वर्षा भएको बेला त्रिपालले पानी थेग्न नसक्दा कयौं रात अनिदो बिताउनु परेको उनले बताएका छन् । ‘वर्षाको समयमा पानी चुहिन्छ् । पानी पर्दा रातभर सुत्न पाईदैन । कपडाहरु भिजेका हुन्छन् । हावाहुरीले बारम्बार त्रिपाल फाल्छ, कहिले काहीं भागा भाग हुन्छ्’ रेशम बादीले बताए ।

बादी घर परिवारलाई एक छाक खानाको निकै समस्याले पिरल्दै आएको अवस्थामा बासको मात्र सरकारले व्यवस्था मिलाई दिएमा आफुहरुलाई ठूलो सहयोग हुने रेशम बादीका श्रीमती सिता बादी बताउँछन् । अन्य जातीको भन्दा बादी जातीलाई राज्यले अपहेलित गरेको उनीहरुको बुझाई छ् ।

देशकै सानो समुदायको रुपमा रहेको बादी समुदायको संरक्षण गर्दै उनीहरुको जीवन शैली परिवर्तन गर्न सहयोग गर्नु राज्य पक्षको प्रमुख दायित्व रहेको जानकारहरु बताउँछन् । सरकारले आफ्नो जनताको गाँस, बास, कपाससंगै शिक्षाको ग्यारेन्टी लिन पछि हट्नु हँुदैन् भन्ने उनीहरु बताउँछन् ।

खाना र बस्नको चरम अभावमा पिल्सि रहेका बादी घर परिवारलाई स्थानीय सरकार र यहाँका क्रियाशिल गैरसरकारी संघ संस्थाको समयमै ध्यान पु¥याउनु आवश्यक देखिएको अधिकारकर्मीहरु बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...