निर्मला पन्तको न्यायिक आन्दोलनमा घाइते चेतन भट्टलाई भीमदत्तमा दिइयो जागिर

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले उल्टाखामकी १३ वर्षिया निर्मला पन्तका हत्यारालाई कारवाहीको माग राखेर भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका चेतन भट्टलाई जागिर दिएको छ ।

भीमदत्त नगरपालिका १८ जानकी टोलका भट्ट २०७५ भदौ ८ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिक प्रहरीको गोली लागेर घाइते भएका थिए । घाइते हुँदा १४ वर्षका उनी भृकुटी माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्थे ।

janjyoti campus

भीमदत्तले भट्टलाई कार्यालय सहयोगीको जागिर दिएको छ । उनी भीमदत्तका उप मेयर निलम लेखक जोशीको कार्य कक्षमा कार्यरत छन् । उनी दुई महिना अघि कार्यालयमा राखिएका हुन् । ‘दुई महिना जति भयो, यहाँ काम गरेको’ उनले भने,‘नियुक्ति पाएको छैन ।’

भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले भट्टलाई कार्यालमा जागिर दिएको बताइन् । ‘निर्णय नै गरी काम दिएका छौ’ उनले भनिन्,‘ नगरपालिका सबै काम निर्णयबाटै नै हुन्छन् ।’

भीमदत्तमा कार्यालय सहयोगीका जागिर पाएका उनी पढाई पनि गरि रहेका छन् । उनी अहिले कक्षा १२ मा पढ्ने गरेका छन् ।

भीमदत्त नगरपालिका १८ भगतपुरस्थित उखुबारीमा साउन ११ गते पन्तको शव भेटिएपछि हत्यारालाई कारवाही र पन्तलाई न्यायको माग गर्दै आन्दोलन चर्किएको थियो । आन्दोलन चर्किएपछि २०७५ भदौ ८ गते ट्राफिक प्रहरी कार्यालय नजिक प्रहरीले गोली चलाएको थियो ।

प्रहरीको गोलीबाट भट्ट सहित सन्नी खुना, मञ्जु गिरी, उमेश देउवा, चेतन भट्ट, सुरेन्द्र देउवा, कृतराज पनेरू सहितका घाइते भएका थिए । खुनाको उपचारका क्रममा निधन भएको थियो ।

चेतन निर्माण व्यवसायी पदमराज भट्ट र गृहिणी पुनमका छोरा हुन् । चेतनलाई धनगढीस्थित सेती अञ्चल अस्पतालमा ५ दिन उपचार गरी काठमाडौं लगिएको थियो । काठमाडौं शिक्षण अस्पतालमा उपचार गरिएका उनको बायाँ पाखुरामा गोली लागेको थियो ।

निर्मलाकी आमा दुर्गालाई यस अघि नै भीमदत्तले जागिर दिएको थियो । उनी भीमदत्त नगरपालिका २ नम्बर वडा कार्यालयमा कार्यरत छिन् ।

ghar sansar
सम्बन्धित
Loading...