

दोधारा । सामाजिक सदभाव र भातृत्व कायम राख्न कालिका हाट बजार समितिले भव्य रुपमा तीज विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । दोधारा चाँदनी नगरपालिका ९ स्थित कालिका हाट बजारले अम्बिका माध्यमिक विद्यालयको प्रांगणमा विशेष तीज कार्यक्रम गर्न लागेको छ ।

कालिका हाट बजार समितिका संयोजक रोशन रावलले सामाजिक सद्भाव र भातृत्वलाई कायम राख्न विगत भन्दा फरक रुपमा सामाजिक सद्भावलाई झल्किने गरी कार्यक्रम गर्न लागिएको बताए ।

विद्यालयमा विगतदेखि तीज विशेष कार्यक्रम आयोजना हुँदै आएको छ । कार्यक्रममा जनचेतनामुलक कार्यक्रम सहितका प्रस्तुत गरिने भएका छन् । कार्यक्रमलाई अझ भव्य बनाउन सबै संग सहकार्य अघि बढाईएको बताईएको छ । तीज विशेष कार्यक्रम भदौ १४ गते देखि १६ गतेसम्म सञ्चालन हुने भएको छ ।
कार्यक्रममा सहभागी हुन सबैलाई आमन्त्रण समेत गरिएको छ । स्थानिय युवा र समाजसेवीको सहयोगले तीज कार्यक्रम हँुदै आएको छ ।

