ghar sansar

दोधारा चाँदनीमा यस वर्ष होला त रामलीला ?

khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकामा रामलिला नाट्य श्रंखला सञ्चालनका लागि तयारी अघि बढेको छ । दोधारा चाँदनी नगरपालिका ७ स्थित लक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हँुदै आएको रामलिला नाट्य श्रंखला कोरोना संक्रमणको कारण गएको वर्ष स्थगित भएको थियो ।

यस वर्ष कोभिड १९ महामारी नियन्त्रणमा आएकाले रामलीलला सञ्चालनका लागि छलफल थालिएको छ । आदर्श रामलिला समितिले यस वर्ष रामलिला नाट्य श्रुङ्खला सञ्चालन गर्ने बिषयमा सर्वपक्ष्ीाय छलफल गर्ने भएको छ ।

dirghayi clinic

दोधारा चाँदनी नगरपालिकाका मेयर तथा आदर्श रामलिला समिति दोधारा चाँदनीका संयोजक किशोर कुमार लिम्बुले आफ्नो भोली नाट्य श्रंखला संलान गर्ने कि, नगर्ने बिषयमा सर्वपक्षिय बैठक बस्ने भएको बताएका छन् ।

‘रामलिला समिती को हिजोको बैठकले भोली बेलुका चार बजे सर्वपक्षिय भेला बोलाएर रामलीला नाटक लगाउने वा नलगाउने भन्ने विषयमा अन्तिम निस्कर्ष निकाल्ने भन्ने निर्णय गरेको जानकारीको साथमा पार्टीका साथीहरू, संघ संस्थाका साथी, समाजसेवी, बुद्दिजीवी, कालाकार साथी र चासो राख्नुहुने सम्पूर्णलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।’ 

मेयर लिम्बुले आफ्नो फेसबुक पेजमा लेखेका छन् । धर्म, संस्कृतीको रक्षार्थ बिगतका दिनहरु देखि दोधारा चाँदनीको बाबाथान बजारमा रामलिला नाट्य श्रंखला सञ्चालन हँुदै आएको छ ।

मर्यादा पुरुषोत्तम भगवान राम चन्द्रको जिवनीमा आधारित रामलिलाले संस्कृतिलाई जोगाउन मद्धत पुग्ने विश्वास छ् ।

Himal dental
सम्बन्धित
Loading...