भीमदत्तका मेयरलाई नगर विकास समितिका अनाधिकृत संरचना भत्काउन बालेनलाई गुहार्न सुझाव

महेन्द्रनगर । नेपाली काँग्रेसका नेता कार्यकर्ता नगर विकास समितिका निर्मित अनाधिकृत संरचना हटाउन काठमाडौंका मेयर बालेन शाहसित गुहार माग्न भीमदत्त नगरपालिका मेयर पदम बोगटीलाई सुझाव दिएका छन् । काँग्रेसका बौद्धिक नेता लालमनी पाण्डेयले अतिक्रमित संरचना हटाउन बालेनसित गुहारका लागि आग्रह गरेका छन् । 

‘भीमदत्त नगरपालिकाको बजार क्षेत्रमा अतिक्रमित संरचना भत्काउन काठमाडौंका मेयर बालेन शाहसंग गुहार माग्दा कस्तो होला’ नेता पाण्डेयले आफ्नो फेसबुकमा उल्लेख गरेका छन् ।

deepaj

काठमाडौंका मेयर शाहले अनाधिकृत संरचना भत्काउन थालेपछि मेयर बोगटीमाथि नगर विकास समितिको जग्गा कब्जा गरी बनाइएका संरचना भत्काउन दबाव परेको छ । नगर विकास समितिको जग्गा जग्गा कब्जा गरी वर्षौदेखि अवैध संरचना बनाएर अतिक्रमण गरिएको छ ।

Mishra

मेयर बोगटीलाई प्राध्यापक, नागरिक समाज, चिकित्सक, व्यवसायीले अनाधिकृत संरचना भत्काउन फेसबुकमा दबाव दिएका छन् । काँग्रेसको प्रशिक्षण कार्यक्रममा सहभागी हुन साउन अन्तिम सातादेखि मेयर बोगटी काठमाडौंमा छन् ।

मेयर बोगटीले नगर विकास समितिका नेतृत्व गरि सकेका छन् । उनी दुई वर्ष तत्कालिन नगर विकास समितिको अध्यक्ष भएका थिए । उनको कार्यकालमा सालघारी क्षेत्रमा एकाएक जग्गा अतिक्रमण गरिएको थियो ।

भीमदत्त नगरपालिकामा मेयर निर्वाचित भएपछि उनी फेरि नगर विकास समितिको अध्यक्ष भएका छन् । नगर विकास समिति नगरपालिका मातहत आएपछि मेयर स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

काँग्रेस नेता पाण्डेयले फेसबुकमा मेयर बोगटीलाई व्यङ्गात्मक रुपमा सुझाव दिएका छन । शिक्षण पेशाबाट अवकाश पाएर राजनीतिमा सक्रिय भएका पाण्डेय बौद्धिक नेताका रुपमा परिचित छन् ।

सम्बन्धित
Loading...