दोधारा । महाकाली नदीमा नुहाउने क्रममा वेपत्ता भएका सन्ध्या सुनार अझै फेला परेका छैनन् । दोधारा चाँदनी नगरपालिका ७ की १० वर्षिया सुनार बुधवार विहान महाकाली नदीको घकनाघाटमा नदीमा डुबेर वेपत्ता भएका हुन् ।
नुहाउने क्रममा सन्ध्या सुनार महाकाली नदीमा डुबेर बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् । बिहान अन्जली सुनार संग नदीमा कपडा धुन र नुहान नदीमा गएका सन्ध्या सुनार बेपत्ता भएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी कुतिकयावकर पोष्टका ईन्चार्ज हरि गिरीले जानकारी दिए ।
नदीमा डुबेर बेपत्ता भएका सन्ध्याको आज पनि खोजी कार्य जारी राखेका छन् । सन्ध्यासंग नदीमा नुहान गएकी वर्ष अन्दाजी १८ का अञ्जली सुनार भने बच्न सफल भएकी छन् ।
दोधारा चाँदनी नगरपालिका–९ स्थित ठुली आमाको घरमा बस्न गएकी उनी विहान आफन्त अन्जली सुनार सहित महाकाली नदीमा नुहाउन गएका हुन् ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी कुतिकयावकर पोष्टका ईन्चार्ज हरि गिरीका अनुसार सशस्त्र प्रहरीको बिपद् ब्यवस्थापन टोलीले खोजी कार्य जारी राखेको बताएका छन् ।
‘हिजो देखि खोजी कार्य जारी राखेका छौं’ सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी कुतिकयावकर पोष्टका ईन्चार्ज हरि गिरीले भने ।
दोधारा चाँदनी नगरपालिका कार्यालयले हालै खरिद गरेको मोटर बोट समेत खोजी कार्यमा प्रयोग गरेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताए । मेयर लिम्बु आज पनि खोजी कार्य स्थलमा पुगेका छन् ।