ghar sansar

द्वन्द पीडित तथा एकल महिला विकास केन्द्रको १५ औं वार्षिकोत्सव तथा साधारण सभा, विभिन्न क्षेत्रका पाँच जना सम्मानित

khasi

महेन्द्रनगर । द्वन्द पीडित तथा एकल महिला विकास केन्द्रको १५ औं वार्षिकोत्सव तथा साधारण शुक्रबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सिता बोहराको अध्यक्षता र गैर सरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष लक्षमी बोहरा प्रमुुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

dirghayi clinic

कार्यक्रममा विभिन्न क्षेत्रका ५ जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा जिल्ला प्रहरी कार्यालय महिला सेलका इन्चार्ज दिलीप सिहं महरा, वेदकोट नगरपालिकाका निवर्तमान उप मेयर सुशिला सिंह, मानव रक्षक सञ्जालका जिल्ला अध्यक्ष भगवती थापा, गैर सरकारी संस्था महासंघका निवर्तमान अध्यक्ष नरेश सिलाल र कञ्चनपुर खबर पत्रिका र रुविसा मिडिया नेटवर्कबाट रमेश राज भट्ट छन् ।

कार्यक्रममा संस्थाले गत २०७८⁄२०७९ को प्रगति प्रतिवेदन तथा आय व्यय प्रस्तुत गरिएको छ । कार्यक्रममा संस्थाका पूर्व शान्तिदूतलाई प्रमाण पत्र र पूर्व मनोविमर्शकर्ता चन्द्र बहादुर कुँवरलाई मायांको चिनो प्रदान गरिएको छ ।

संस्थाका कार्यक्रम अधिकृत डम्बरी बिष्ट कँबरले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

 

Himal dental
सम्बन्धित
Loading...