ghar sansar

पूर्व मन्त्री आले सहित डोटीबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि तीन जना सिफारिश

khasi

महेन्द्रनगर । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि एकीकृत समाजवादी डोटीले उमेदवार सिफारिस गरेको छ। आइतबार पार्टी कार्यालय सिलगढीमा बसेको सचिवालयको बैठकले संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिक उमेदवारको निर्णय गरी प्रदेश कमटीलाई सिफारिस गरेको हो ।

प्रतिनिधिसभाका लागि निर्वतमान संस्कृति प्रर्यटन तथा नागरीक उड्यन मन्त्री प्रेम आलेको नाम सिफारिस गरिएको छ। यस्तै समानुपातिकतर्फ सुदूरपश्चिम प्रदेश सरकारका निर्वतमान आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, ऐश्वरीया भण्डारी विष्ट, महादेव भारती र डम्मरु देव भट्टको नाम सिफारिस गरिएको छ ।

dirghayi clinic

त्यस्तै प्रदेश सभा ‘क’ का लागि प्रत्यक्षतर्फ पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंह र पार्टीका डोटी जिल्ला अध्यक्ष दिर्घराज बोगटी सिफारिस भएका छन् । समानुपातिकतर्फ भने शिवराज खड्का, सीता रायमाझी, गोरख शार्की, धनबहादुर नेपाली र खगेन्द्र नेपाली सिफारिस भएका छन् ।

यसैगरी प्रदेशसभा ‘ख’ का लागि प्रत्यक्षतर्फ प्रदेश सरकारका निर्वतमान आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र समानुपातिकतर्फ यज्ञराज जोशी, तापसिंह केलल, मेघराज भट्ट र नेत्र शाही सिफारिस भएका छन् ।

सिफारिस भएका उमेदवारको सूची आफ्नो रायसहित पार्टीको प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई पठाउने र केन्दीय कमिटीले भदौ २० गतेभित्र उमेदवारको टुंगो लगाउने एकीकृत समाजवादी डोटीका अध्यक्ष दिर्घराज बोगटीले जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...