ghar sansar

समाजवादीका नेता तामाङले गरे एमाले फर्किएको घोषणा, सुदूरपश्चिम प्रदेश सरकारमाथि लगाए गम्भीर आरोप

प्रदेश सभामा भने– कमिसन खाएर योजना बाँडियो, राजधानी बनाउन मतलबै गरिएन

little buddha academy
khasi

महेन्दनगर । नेकपा (एकीकृत समाजवादी ) का नेता सुदूरपश्चिम प्रदेश सभा सदस्य तारालामा तामाङले एमाले फर्किएको घोषणा गरेका छन् । सोमबार सुदूरपश्चिम प्रदेश सभामा विशेष समय लिएर बोलेका तामाङले आफू शुरुमा जुन पार्टीको जुन चिन्हबाट निर्वाचित भएको थिए त्यही हिसावले प्रस्तुत हुने बताए । बजारमा अनेक हल्ला चले त्यसैले प्रदेश सभालाई साँचो कुरा बताएको उनले भने ।

प्रदेश सभाको अहिलेको रेकर्डमा जे भए पनि म शुरुमा निर्वाचित पार्टीको चिन्हकै हिसावले प्रस्तुत हुने दोहोर्याएका थिए ।उनले अहिलेको गठवन्धनले जनताको पक्षमा काम नगर्ने देखिएकोले पनि पुरानै पार्टीमा फर्केको धारणा पनि राखे । तामाङ ०७४ सालको निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए । उनी त्यो बेला एमाले कञ्चनपुरका अध्यक्ष समेत थिए ।

,orning glory badhai
dirghayi clinic

नेता तामाङले केही राम्रो गर्न सकिन्छ कि भनेर अर्को पार्टीमा गएको संकेत गरेका थिए । उनले भने, मन्त्री हुनका लागि मात्र अर्को पार्टीमा गएको होइन, छ महिना मन्त्रालय चलाए, पछि अर्को गठवन्धन भयो कांग्रेस सरकारमा आयो तर तरिका पुरानै भयो ।

उनले प्रदेश सरकारबाट कमिशनका आधारमा योजना दिइएको, घोषणा भएको ठाउँमा प्रदेश राजधानी बनाउन मुख्यमन्त्री सहितको सरकार गम्भीर नभएको आरोप पनि लगाएका थिए ।

नेता तामाङलाई मन्त्रीबाट हटाएर एकीकृत समाजवादीकै प्रकाश रावललाई आर्थिक मामिला तथा योजनामन्त्री बनाइएको छ भने समाजवादीले चलाएका दुई मन्त्रालयमा कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री भएका छन् ।

तामाङ सहितलाई एमाले प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार भदौ १५ गते महेन्द्रनगर आउदै छन् ।

Himal dental
सम्बन्धित
Loading...