कञ्चनपुर क्षेत्र नं. ३ ख प्रदेश सभा सदस्यका लागि काँग्रेसमा १४ आकाँक्षी, प्रत्यक्ष चुनाव लड्न ६ जनाको दाबेदारी

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ प्रदेश ख का लागि नेपाली काँग्रेसका नेताले प्रत्यक्ष र सामानुपातिक उम्मेदवारीका लागि आकाँक्षा राखेका छन् । उनीहरु काँग्रेस प्रदेश समितिमा निवेदन उम्मेदवारीका लागि निवेदन दिएर दावेदारी राखेका हुन् ।

प्रदेश सभा सदस्यका लागि प्रत्यक्षमा ६ जना र समानुपातिकमा ८ जनाले आकाँक्षा राखेको काँग्रेस सभा निर्वाचन क्षेत्रका उप सभापति विरेन्द्र बहादुर चन्दले बताए ।

janjyoti campus

‘अस्ति आकाँक्षा राख्नका लागि बैठकबाट निर्णय गरिएको थियो, त्यस अनुसार इच्छुक नेताहरुले कार्यालयमा निवेदन दिएर आकाँक्षा राख्नु भएको छ’ प्रदेश उप सभापति चन्दले भने ।

प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ काँग्रेस महाधिवेशन प्रतिनिधि बेल बहादुर राना सहित आकाँक्षी छन् । राना अघिल्लो निर्वाचनमा प्रदेश सभा सदस्य निर्वाचन लडेका थिए ।

यस पटक फेरि राना उम्मेदवारका लागि दाबेदार भएका छन् । उनी बाहेक काँग्रेस जिल्ला कार्य समितिका उप सचिव नाफू सिह साउँद, खेमराज ऐरी, लोक बहादुर ठकुराठी, डम्बर चन्द र पुस्कर बहादुर सिह आकाँक्षी छन् । उनीहरुमा राना, साउँद र चन्द दोधारा चाँदनीका हुन् । अन्य भीमदत्त नगरपालिका हुन् ।

समानुपातिकमा बेदप्रकाश चौधरी, लालमनी पाण्डेय, मदन सुनार, उपेन्द्र खडायत, कल्पना केसी, तेज बहादुर भण्डारी, भीम बहादुर राना र रतन सिह साउँद आकाँक्षी छन् । उनीहरुमा सुनार बाहेक सबै भीमदत्त नगरपालिका हुन् । दोधारा चाँदनीका सुनार निवर्तमान मेयर बीर बहादुर सुनारका छोरा हुन् ।

काँग्रेस प्रदेश उप सभापति चन्दले आकाँक्षी सबैलाई बोलाएर बिहीबारसम्म छलफल गरी टुङ्गोमा पुगिने बताए ।

‘आएका नाममा सहमतिका लागि भोलि पर्सिसम्म छलफल गर्छौ, त्यस अनुसार अघि बढ्छौ’ उनले भने । मंसिर ४ गतेका लागि काँग्रेसले केन्द्रीय समितिको निर्णय अनुसार उम्मेदवार चयन गर्न लागेको हो । काँग्रेस कञ्चनपुरले प्रदेश सभाका सबै क्षेत्रमा उम्मेदवार चयन गरी सिफारिशका लागि निर्देशन दिइ सकेको छ ।

ghar sansar
सम्बन्धित
Loading...