ghar sansar

एमाले प्रवेश गर्ने अघिल्लो दिनमै तामाङ्गलाई कारवाही, पार्टी जिम्मेवारीबाट हटाइयो

little buddha academy
khasi

महेन्द्रनगर । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी ) ले सो पार्टीका प्रदेश कमिटीका उप सचिव तारा लामा तामाङलाई कारवाही गरेको छ । सुदूरपश्चिम प्रदेश सभामा सोमबार तामाङ्गले पार्टी छाड्ने घोषणा गरेपछि उनलाई मंगलबार कारवाही गरी पदबाट हटाएको हो ।

समाजवादीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहद्धारा जारी विज्ञप्ति अनुसार तामाङले पार्टी हीत विपरित गतिविधि गरेको प्रदेश सभा बैठकमा एमालेमै रहेको बताएकोले उपसचिवबाट हटाएको उल्लेख छ ।

,orning glory badhai
dirghayi clinic

विज्ञप्तीमा केन्द्रीय सदस्यबाट हटाउनका लागि केन्द्रमा र प्रदेश सभाबाट हटाउन प्रदेश सभा संसदीय दलमा सिफारिस गर्ने उल्लेख छ ।

तामाङले सोमबारको प्रदेश सभा बैठकमा विशेष समय लिएर जुन पार्टीको जुन चिन्हबाट निर्वाचित हुँ त्यही छु भन्दै एमालेमै रहेको संकेत गरेका थिए ।

उनी एमाले हुँदा कञ्चनपुर जिल्ला अध्यक्ष, प्रदेश सभाको प्रमुख सचेतक, नेकपाको पनि प्रदेश सभाको प्रमुख सचेतक र एमाले विभाजन भएपछि छ महिना आर्थिक मामिला तथा योजनामन्त्री भएका थिए ।

उनी बुधबार महेन्द्रनगरमा हुने सभामा केपी ओलीसंग टीका लगाएर एमाले प्रवेश गर्ने कार्यक्रम रहेको बताइएको छ । उनी सहित समाजवादीका अन्य नेता कार्यकर्ता पनि एमाले आउन लागेका छन् ।

Himal dental
सम्बन्धित
Loading...